सल्यान,
        सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ८ बावियाँ चौरस्थित कुपिण्डे
तालमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीले साउन ११ गते फेला पारेको
छ ।
        दाङ जिल्लाको तुल्सिपुर उपमहानगरपालिका ६ बस्ने ३६ वर्षिय बेदबहादुर
बस्नेत टिकटक बनाउने क्रममा चिप्लिएर उक्त तालमा खसेका थिए ।
        सो बारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सल्यानबाट
सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष रायमाझीको कमाण्डमा खटिएको सशस्त्र
प्रहरीले खोजीकार्य गर्दा उनको शव उक्त तालमा फेला पारेको हो ।
                            
                                                             
                                                     
     
                     
            



