पर्सा,
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट साउन १० गते
सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतमा घर बताउने १९
वर्षिय रोहित कुमार सोनारलाई पक्राउ गरेको छ ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी भिष्वाबाट खटिएको टोलीले शंका लागि
जाँच गर्दा उनको साथमा डाईजोपाम ३ सय एम्पुल, नोफिन ३ सय एम्पुल र
फेनारगन ३ सय एम्पुल फेला पारेको हो ।
पक्राउ परेका सोनारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीलाई बुझाईएको छ ।
