पर्सा,
        पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ ईनरुवाबाट असार २७ गते सशस्त्र
प्रहरीले नाईट्रोभेट ट्याब्लेट ९ सय वटा र कोरेक्स दुई बोतलसहित एक
जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा भारतको बिहार जिल्ला पूर्वी चम्पारण मौजी ग्राम पन्चायत
घर बताउने जानु गुप्ता छन् ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी
विरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित
लागूऔषध फेला परेको हो ।
        पक्राउ परेका निज गुप्तालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि
जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।
                            
                                                             
                                                     
     
                     
            



