पर्सा, पर्सा जिल्लाको धोबिनी गाँउपालिका ५ बंजारीस्थित सीमा ईलाकाबाट असार २७ गते विहान सशस्त्र प्रहरीले करीब १ लाख ७० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी भिष्वाबाट खटिएको टोलीले उक्त औषधी बरामद गरेको हो । त्यसवेला भारतबाट नेपालतर्फ उक्त औषधी ल्याउँदै गरेका व्यक्तिहरुले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त औषधी सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
APF