काठमाडौं,
धनुषा जिल्लाको विदेह नगरपालिका ९ ईटहरुवास्थित सीमा ईलाकाबाट असार १५
गते सशस्त्र प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको धनौजी
गाँउपालिका १ लखौरी बस्ने २५ बर्षिय अमित कुमार बरहीलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी धनौजीबाट खटिएको टोलीले निज बरहीलाई शंका
लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ७२ वटा, स्पास्मो प्लस
ट्याब्लेट ८ वटा, पेन्टाजोइन २० वटा, एक्जिप्लोन सिरप २ बोतल फेला परेपछि
पक्राउ गरिएको हो ।
पक्राउ परेका निज बरहीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि
जिल्ला प्रहरी कार्यालय धुनषामा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिअर्वाबाट खटिएको टोलीले असार
१५ गते नाईट्राभेट ट्याब्लेट १५ वटा र १० ग्राम गाँजासहित बारा जिल्लाको
कलैया उपमहानगरपालिका १० मटिअर्वाबाट सोही उपमहानगरपालिका १२ शितलपुर
बस्ने १८ बर्षिय मनोज कुमार साहलाई पक्राउ गरेको छ ।
पक्राउ परेका निज साहलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय
कलैयामा बुझाइएको छ ।
