काठमाडौं,
International Centre for Integrated Mountain Development (ICIMOD)
आयोजनामा संचालित Use of Earth Observation and Geospatial Applications
for Disaster Preparedness in Nepal सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण
तालिम सम्पन्न भएको छ ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका
कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीको
प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त तालिममा सशस्त्र प्रहरी बल नेपालका
सिनियर अधिकृत र जुनियर अधिकृत गरी १५ जनाको सहभागिता रहेको थियो ।
त्यस अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले बिभिन्न समयमा आउन
सक्ने फ्ल्यास फ्लडको पूर्वानुमान गरि बिपद् पूर्वतयारी कार्यका लागि
प्रशिक्षण महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
ललितपुरको खुमलटारमा संचालन भएको उक्त तालिमका प्रशिक्षार्थीहरुलाई
QGIS, HIGHWAT , OSM Map, Remote Sensing लगायतका बिषयमा प्रशिक्षण
गराईएको हो ।
