रौतहट, रौतहत जिल्लाको गौर नगरपालिका ३ स्थित कविर चोकबाट असार १४ गते सशस्त्र प्रहरीले करीव १० लाख रुपैयाँ बराबरको ग्रिज र गाडीमा प्रयोग हुने विभिन्न किसिमका आयलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी मनियारी पञ्चायत ६ बस्ने ३१ वर्षिय चन्दन कुमार छन् । गौरबाट गरुडातर्फ जाँदै गरेको बी.आर. ०६ जी.ई. ७४८४ नम्बरको गाडीमा जाँच गर्दा उक्त सामान बिल बिजक भन्दा फरक देखिएपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला उक्त गाडी समेत बरामद गरिएको छ । पक्राउ परेका कुमारलाई बरामद सामान तथा गाडी सहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । बरामद गाडीको अन्दाजी मुल्य १० लाख रुपैयाँ रहेको छ ।
APF