सर्लाही,
सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ स्थित मलंगवा-नवलपुर सडकखण्डबाट
असार १३ गते सशस्त्र प्रहरीले १ हजार २ सय वटा नाईट्रोभेट ट्याब्लेटसहित
एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ६ बस्ने १८ बर्षिय एलिस राई छन् ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको सशस्त्र
प्रहरीले पक्राउ गरेको हो ।
गस्तीमा रहेको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा निज राईको साथमा
उल्लेखित लागूऔषध फेला पारिएको हो ।
पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका
प्रहरी कार्यालय हरिपुरमा बुझाइएको छ ।
