काठमाडौं,
अबिरल बर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुवानमा परेका करीब २८८
घरका करीब ९३४ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित
स्थानमा स्थानान्तरण गरेको छ ।
झापा जिल्लाको गौरीगंज गाँउपालिका १ बालुबाढी टप्पु र कुन्जीबारी बजारका
बस्तीहरुमा माई नदी र कमल खोलाको पानीको वहाव बढेर डुवानमा परेका ३८ घरका
करीब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ
।
सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस
बैगुनधुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा
सार्नुको साथै डुवान प्रभावित घरका खाद्यान्न लगायतका विभिन्न
सामाग्रीहरु समेत सुरक्षित स्थानमा सारेको हो ।
यसैगरी झापा जिल्लाकै बाह्रदशी गाँउपालिका २ स्थित सुकुम्वासी बस्तीको
डुवानमा परेका करीब ६० घरबाट खाद्यान्न लगायतका सामाग्रीहरु सशस्त्र
प्रहरी बल नेपाल बिओपी भागडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित
स्थानमा सारेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको सशस्त्र
प्रहरीले मोरङ जिल्लाको कटहरी गाँउपालिका १ स्थित टाईगर टोलका डुवान
प्रभावित १३० वटा घरका करीब ५२० जनालाई र खाद्यान्न तथा सरसामानहरु
सुरक्षित स्थानमा सारेको हो ।
यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १ परोपकार ईलाकामा रहेको ६०
घरका डुवान प्रभावित करीब २६४ जनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण
मोरङबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सार्नुका साथै
खद्यान्न लगायतका सामाग्रीहरु सुरक्षित स्थानमा सारेको हो ।
