झापा,

झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित पूर्व पश्चिम लोकमार्गबाट जेठ १८ गते सशस्त्र प्रहरीले करीव ३ लाख ४९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा हार्डवयरका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले बरामद गरेको हो ।

बरामद सामान मेची भन्सार कार्यालयमा बुझाईएको छ ।

APF