महोत्तरी,

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ स्थित सीमा ईलाकाबाट जेठ १९ गते सशस्त्र प्रहरीले करीव १ लाख २८ हजार रुपैयाँ बराबरको चोरीनिकासीको विभिन्न मदिरा बरामद गरेको छ ।

डि.एल. ५ सीडी ७४५३ नम्बरको भारतीय कारमा राखेर लैजाँदै गरेको अवस्थामा उक्त मदिरा र उल्लेखित कार सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त कारका चालक गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सो कार सोही ठाउँमा छाडी फरार भएका थिए ।

बरामद मदिरा तथा कार आन्तरिक राजश्व कार्यालय जनकपुरमा बुझाईएको छ । उक्त कारको अन्दाजी मुल्य १० लाख रुपैयाँ रहेको छ ।

APF