मुस्ताङ्ग,
कास्कीको पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ
गाउँपालिका २ सानुसरे डाँडामा दुर्घटनाग्रस्त्र अवस्थामा फेला पारिएको छ
।
सम्पर्क विहिन भएको उक्त जहाज खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल
नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर के.सी.को
कमाण्डमा २५ जना टोली सोमबार बिहान १०ः५५ बजे दुर्घटनास्थलमा पुगि
उद्वार कार्यमा सकृयताकासाथ जुटिरहेको छ ।
अपरान्ह ४ बजेसम्मको प्राप्त विवरण अनुसार उक्त जहाजमा चढेका
यात्रुहरुमध्ये १८ जनाको शव फेला पारिएको छ भने अन्यको खोजीकार्य भईरहेको
छ । फेला पारिएको १० जनाको शव सोही जिल्लाको कोवाङ्गबाट नेपाली सेनाको
हेलीद्वारा काठमाडौंतर्फ पठाईएको बताईएको छ ।
