काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हालै स्थापना गरिएको
केन्द्रिय सहायता तथा समन्वय कक्षको सशस्त्र प्रहरी नायव महानिरीक्षक
बिदुर खड्काले जेठ १६ गते एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
त्यसअवसरमा नायव महानिरीक्षक खड्काले सशस्त्र प्रहरी राष्ट्रसेवकहरु
अवकाश, राजीनामा तथा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएमा सम्बन्धित
कर्मचारी र आश्रित परिवारले निबृत्तीभरण लगायतका संचयकोष, नागरिक लगानी
कोष र राष्ट्रिय बीमा संस्थानबाट प्राप्त हुने सुविधा तथा विभिन्न
कामकारवाहीहरु छिटो, छरिटो र सहज होस भन्ने उद्देश्यले उक्त कक्ष स्थापना
गरिएको उल्लेख गर्नुहुँदै उहाँहरुलाई सो कार्यका लागि ती कार्यालयहरुमा
ल्याउन लैजान तथा अन्य प्रशासनिक सहयोगका लागि सवारी साधन तथा अनुभवी
कर्मचारी खटाई सेवा प्रधान गरिने बताउनुभयो ।
उहाँले प्रत्येक महिनामा दुई पटक सेवाग्राहीहरुलाई संकलन गरी सहजीकरण
गरिने व्यवस्था मिलाईएको उल्लेख गर्नुहुँदै सो कार्यले वहालवाला
राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल बृद्धि हुनुकोसाथै अवकाश
पछिको जीवनमा समेत संगठनप्रती सकारात्मक रहिरहने विश्वास व्यक्त गर्नुभयो
।
यसैगरी सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्काले सोमबार सशस्त्र प्रहरी
बल नेपाल प्रधान कार्यालयमा रहेको शिसु स्याहार केन्द्रको शुभारम्भ
गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत राष्ट्रसेवकका
शिसुहरुलाई कार्यलय समयमा स्याहार सुसार तथा रेखदेखका लागि वि.सं. २०६८
साल फागुन २८ गतेबाट सुरु गरिएको उक्त केन्द्र भूकम्प तथा कोभिड-१९
महामारीको कारण बन्द रहेकोमा आजैबाट सो सेवा पुनः संचालन गरिएको हो ।
त्यसअवसरमा नायव महानिरीक्षक खड्काले सशस्त्र प्रहरी कर्मचारीहरुलाई आफु
ड्यूटिमा रहेका अवस्थामा उहाँहरुको सन्ततीहरुको उचित रेखदेख र स्याहारका
लागि सो केन्द्रको औचित्य र महत्वलाई आत्मसाथ गर्दै पुनः संचालन गरिएको
बताउनुहुँदै हाललाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा र
भविष्यमा अन्य युनिटहरुमा समेत विस्तार गरिदै लैजाने संगठन प्रमुख
सशस्त्र प्रहरी महानिरीक्षज्यूको योजना रहेको बताउनुभयो ।
उहाँले यस सुविधाले सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्ना बालबच्चालाई
आफ्नै निगरानीमा राखी उचित समय समेत दिई बालबालिकाहरुको सर्वार्ङिण
विकासमा योगदान दिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
