काठमाडौं,
        कास्कीको पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ
गाउँपालिका २ सानुसरे डाँडामा दुर्घटनाग्रस्त्र अवस्थामा फेला परेको छ ।
        सम्पर्क विहिन भएको उक्त जहाज खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल
नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर के.सी.को
कमाण्डमा २५ जना टोली सोमबार बिहान १०ः५५ बजे  त्यसठाउँमा पुगि उद्वार
कार्यमा सकृयताकासाथ जुटेको छ ।
                            
                                                             
                                                     
     
                     
            



