पर्सा,
        पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट जेठ १० गते
सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषसहित एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा नुवाकोट जिल्लाको विदुर नगरपालिका ९ ढोडेनी बस्ने २४
वर्षिय रमेश नेपाली छन् ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी
बीरगंजबाट खटिएको टोलीले शंका लागि जाँँच गर्दा उनको साथमा निट्राभेट
ट्याब्लेट २८ वटा, नोफिन १ एम्पुल, फेनेरागन १ एम्पुल, डाईजेपाम १ एम्पुल
र ९ ग्राम गाजाँ फेला पारेको हो । त्यसवेला सशस्त्र प्रहरीले लागूऔषध
सेवन गरिरहेको अवस्थामा सोही नगरपालिका १ त्रिशुली बस्ने २६ वर्षिय अनिल
विश्वकर्मालाई समेत पक्राउ गरेको छ ।
        पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि
नेपाल प्रहरीलाई बुझाईएको छ ।
                            
                                                             
                                                     
     
                     
            



