धनुषा,
        धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित रेल्वे स्टेशन नजिकै रहेको
पोखरीमा पौडी खेल्न क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव जेठ ११ गते
फेला पारिएको छ ।
        भारतको मधुबनिदेवधा जिल्ला ग्राम पञ्चायत अकौना १३ बस्ने २४ वर्षिय
जितेन मुखिया यही जेठ ९ गते पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको
बताईएको छ ।
        सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह
बाहिनी मुख्यालय र नम्बर ८ गण सुनसरीबाट खटिएको गोताखोरसहितको सशस्त्र
प्रहरीले खोजीकार्य गर्दा उनको शव उक्त पोखरीमा फेला पारेको हो ।
                            
                                                             
                                                     
     
                     
            



