बारा,
        बारा जिल्लाको पचरौता नगरपालिका ९ बलधुसुवास्थित सीमा ईलाकाबाट जेठ ८
गते सशस्त्र प्रहरीले करीव ६० के.जी गाँजा बरामद गरेको छ ।
        त्यसवेला उक्त गाँजा लैजाँदै गरेका ब्यक्तिले टाढैबाट सशस्त्र प्रहरी बल
नेपाल बिओपी बेलौनीबाट गस्तीमा खटिएको टोलीलाई देख्नासाथै सो गाँजा सोही
ठाउँमा छाडी फरार भएका थिए ।
        बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।
                            
                                                             
                                                     
     
                     
            



