पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १५ धनेवा ईलाकाबाट जेठ ८ गते करीव १ सय ९ क्वीन्टल चिनीसहित एउटा ट्रक बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी मातहतको सुरक्षा बेश सेमरीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले लु १ ख ९७६२ नम्बरको ट्रकभित्र लोड गरि राखेको अवस्थामा उल्लेखित परिमाणको चिनीको विल विजक फेला नपरेपछि सो ट्रक तथा उक्त ट्रकका चालकलाई समेत पक्राउ गरि आवश्यक कारवाहीको लागि राजश्व अनुशन्धान कार्यालय बुटवलमा बुझाईएको छ । बरामद चिनी तथा ट्रकको भन्सार दाखिला मुल्य १७ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
APF