महोत्तरी,
        महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ चाँदनी चोकबाट जेठ ५ गते सशस्त्र
प्रहरीले ४ लाख भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोहि जिल्लाको भगाहा नगरपालिका २ बस्ने ३१ बर्षिय
रन्जित चौधरी र भारतमा घर बताउने ३३ बर्षिय संजय कुमार प्रजापति छन् ।
        मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट
खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उक्त
रुपैयाँको उनीहरुले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । त्यसवेला
उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
        पक्राउ परेका दुबै जनालाई बरामद भारतीय रुपैयाँ तथा मोटरसाईकलसहित
आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
                            
                                                             
                                                     
     
                     
            



