काठमाडौं,
        पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट जेठ ५ गते
सशस्त्र प्रहरीले करीव १ लाख ५४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल नेपाल बिओपी बिरगंजबाट खटिएको टोलीले बरामद गरेको हो
        यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको टोलीले जेठ ६ गते
करीव १ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र एअरफोन
बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै  गरेको उक्त सामान सशस्त्र प्रहरीले मोरङ
जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
        बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
                            
                                                             
                                                     
     
                     
            



