काठमाडौं,
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा हालै
स्थापना गरिएको ‘सशस्त्र प्रहरी बल, नेपालको संग्रालय’को बैशाख १८ गते
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले एक समारोहका बीच समुद्घाटन
गर्नुभएको छ ।
उहाँले द्वन्दकालिन अवस्थामा स्थापना भएको सशस्त्र प्रहरी बलले तत्कालिन
अवस्थामा राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा सुरक्षामा पुर्याएको
योगदान तथा विगतमा संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय
कृष्णमोहन श्रेष्ठ लगायत ३ सय २० जना अमर सशस्त्र प्रहरीहरुले प्रदर्शन
गर्नुुभएको बहादुरीको गाथा तथा सो सम्बन्धि विभिन्न अभिलेखहरु जीवन्त
तुल्याउन यस संग्रालय स्थापना गरिएको उल्लेख गर्नुभयो ।
उहाँले उक्त संग्रालय स्थापनामा महत्वपूर्ण योगदान पु¥याउनुहुने विभिन्न
महानुभावहरुलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गर्नुभयो ।
स्थापनाको छोटो समयमै राष्ट्रको अभिन्न सुरक्षा निकायको रुपमा स्थापित
सशस्त्र प्रहरी बल नेपालबारे आगामी पीडिहरुले उक्त संग्रालय मार्फत
सशस्त्र प्रहरी बल नेपालको बहादुरीको ईतिहास लगायत विविध पक्षहरुबारे
जानकारी हासिल गर्ने विश्वास लिइएको छ ।
उक्त समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल, नेपालको
संचार मार्फत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण ईकाइहरुमा हेर्ने र
सुन्ने व्यवस्था मिलाईएको थियो ।
समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरुका साथै सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षकद्धय रामशरण पौडेल र राजु अर्याल तथा सशस्त्र
प्रहरी परिवार महिला संघका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल, नेपालका
बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
