काठमाडौ,
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले नेपाल एपीएफ अस्पताललाई
नेपाल सरकारले कोभिड-१९ यूनिफाईड अस्पताल घोषणा गरेपश्चात अस्पताल
संचालनको लागि योगदान पु¥याउनुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई
प्रशंसापत्र प्रदान गनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले नेपाल एपीएफ अस्पतालमा बैशाख १५
गते आयोजित एक कार्यक्रमका वीच कोभिड-१९ महामारीको बेला नेपाल एपीएफ
अस्पताल व्यवस्थापन तथा संचालनमा सहयोग पुर्याउने सुरक्षा निकाय तथा
सरकारी अस्पतालका गरी २१ जना महानुभावहरुलाई उहाँहरुको योगदानको उच्च कदर
गर्दै प्रशंसापत्र प्रदान गर्नुभएको हो ।
त्यसअवसरमा उहाँले कोभिड-१९ महामारीको बेला आई परेका विभिन्न
चुनौतिहरुलाई सामना गर्दै आफ्नो र परिवारको स्वास्थ्यलाई समेत प्रवाह
नगरी संक्रमित बिरामीहरुको सेवा र सुरक्षामा निःस्वार्थ रुपले लगनशिल र
निडर भई अहोरात्र बिरामीको सेवामा खटिनुभएका स्वास्थ्यकर्मीहरुको
योगदानको मुक्तकण्ठले प्रशंसा गनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले त्यसअवसरमा महामारीको बेला
उच्चस्तरीय स्वास्थ्य सेवा प्रवाहमा नेपाल एपीएफ अस्पतालका चिकित्सक तथा
स्वास्थ्यकर्मीहरुले पुर्याएको योगदान तथा राष्ट्रसेवक सशस्त्र प्रहरी
कर्मचारीहरुले कोभिड-१९ महामारी नियन्त्रणमा सीमा नाका तथा
क्वारेन्टाईनहरुमा खटिई पुर्याएको योगदानप्रति हार्दिक आभार प्रकट
गर्नुहुँदै भबिष्यमा समेत यस्तै उदाहरणीय कार्यसम्पादनमा क्रियाशिल रहने
बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्धय रामशरण पौडेल र
राजु अर्याल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु, विभिन्न
सुरक्षा निकाय तथा सरकारी अस्पतालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको
थियो ।
