मोरङ्ग,
मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित नम्बर १ घाट ईलाकबाट
फागुन ५ गते सशस्त्र प्रहरीले करीव ४ लाख ८४ हजार रुपैयाँ बराबरको २६
कार्टुन पानमा प्रयोग हुने सामानसहित सप्तरी जिल्लाको तिरहुत गाउँपालिका
६ बस्ने २६ वर्षिय शेवकलाल सदालाई पक्राउ गरेको छ ।
भारतबाट को १ त ६६३० नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको
उक्त सामानसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीले पक्राउ गरेको
हो ।
पक्राउ परेका सदालाई बरामद सामान तथा ट्याक्टरसहित आवश्यक कारवाहीको
लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ । बरामद सामान तथा
ट्याक्टरको जम्मा भन्सार दाखिला मुल्य ९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
