झापा,
झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीस्थित सीमा ईलाकाबाट भाद्र ३ गते
सशस्त्र प्रहरीले करीव ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको
औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी
बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले बरामद
गरेको हो ।
बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
