कपिलवस्तु,
        कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका ७ सेमरीस्थित सीमा ईलाकाबाट असार
२२ गते सशस्त्र प्रहरीले करीब १ लाख २३ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको विभिन्न किसिमको औषधी तथा लत्ताकपडा बरामद गरेको छ ।
        भारतबाट भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी तथा
लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट
खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
        बरामद औषधी तथा लत्ताकपडा भन्सार कार्यालय सुठौलीमा बुझाइएको छ ।