महोत्तरी,
        महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ स्थित बाँके खोला नजिकबाट असार
२२ गते सशस्त्र प्रहरीले करीब १ लाख रुपैयाँ बराबरको ५५ क्यू.फिट सालको
काठ बरामद गरेको छ ।
        उक्त काठ सो ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल
नेपाल सुरक्षा बेस लक्ष्मनीयाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो
।
        बरामद काठ सागरनाथ वन परियोजनाको कार्यालय महोत्तरीमा बुझाइएको छ ।