महोत्तरी,
        महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट जेठ २५ गते
सशस्त्र प्रहरीले ३५ बोतल एक्सप्लोन र ७२ वटा पेभन स्पास प्लस
ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ  ।
        पक्राउ पर्नेहरुमा सोही जिल्लाको बर्दिवास नगरपालिका २ बस्ने २१ वर्षिय
संजिव कुमार महतो र सोही जिल्लाकै भंगाहा नगरपालिका ३ बस्ने २७ वर्षिय
विप्लव बराल छन् ।
        ज ११ प २१६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल
बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा
उनीहरुको साथमा उक्त लागूऔषध फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल
समेत बरामद गरिएको छ ।
        पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको
लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।