सर्लाही,
        सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित राजबेरी ईलाकाबाट जेठ
११ गते सशस्त्र प्रहरीले १ सय २० बोतल वानरेक्स नामक लागूऔषधसहित एक
जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही जिल्लाको बरहथवा नगरपालिका ५ बस्ने २१ वर्षिय
प्रमोद कुमार महतो छन् ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका महतोलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर
आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा
उनको साथमा उक्त लागूऔषध फेला परेको थियो ।
        उनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।