मोरङ्ग,
मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट
बैशाख १९ गते एपीएफ टोलीले ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जनालाई
पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको विराटनगर महानरपालिका १६ दरैया बस्ने
२३ वर्षिय अमोद यादव र भारतमा घर बताउने १८ वर्षिय अभिषेक चौधरी छन् ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी र सशस्त्र प्रहरी बल
नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई भारतबाट
नेपालतर्फ लुकिछिपी आउँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा उनीहरुको
साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि उक्त
रुपैयाँसहित पक्राउ गरिएको हो ।
त्यसवेला एपीएफ टोलीले निज यादवको साथमा ५ लाख रुपैयाँ र निज चौधरीको
साथमा ६ लाख ५० हजार रुपैयाँ फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई
बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा
बुझाईएको छ ।
