बारा,
बारा जिल्लाको कोल्हबी नगरपालिका १० अमुवास्थित सीमा ईलाकाबाट बैशाख १९
गते एपीएफ टोलीले करीव २ लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
बीआर ०५ एच २७८८ र बीआर २२ एन ७२३९ नम्बरको भारतीय मोटरसाईकलमा राखेर
अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल
नेपाल सुरक्षा वेश कोल्हबीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले त्यसवेला उक्त दुई वटै मोटरसाईकल समेत बरामद गरेको छ ।
बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ ।
उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख रुपैयाँ रहेको छ ।
