झापा,
        झापा जिल्लाको मेचीनगर नगरपालिका ६ कालि मन्दिर ईलाकाबाट बैशाख १८ गते
एपीएफ टोलीले नेपाल भारत सीमा ईलाकामा व्यक्ति ओसारपसार कार्यमा संलग्न
एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही जिल्लाको मेचीनगर नगरपालिका १५ बस्ने २३ वर्षिय
संदिप राजवंशी छन् ।
        स ७ प ९३१७ नम्बरको मोटरसाईकलमा राखी नेपालबाट भारततर्फ व्यक्ति लैजाँदै
गरेको अवस्थामा निज राजवंशीलाई  सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा
वेश कालि मन्दिरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
        पक्राउ परेका निज राजवंशीलाई उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि
ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।