सप्तरी,
सप्तरी जिल्लाको सुरुङ्ग नगरपालिका ४ कदमाह स्थित पूर्वपश्चिम
लोकमार्गबाट चैत्र २३ गते एपीएफ टोलीले करीव ४ लाख ५ हजार रुपैयाँ
बरारबको फलफुलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा जिल्लाको सिरहा नगरपालिका ३ बस्ने २७ वर्षिय दिलिप महतो छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ च १०४६ नम्बरको पिकअप भ्यानमा राखी लैजाँदै गरेको उक्त फलफुलको काजपत्र नभएको फेला परेपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कडरवानाबाट खटिएको एपीएफ टोलीले उक्त फलफुलसहित निज महतोलाई पक्राउ गरेको हो ।
त्यसवेला एपीएफ टोलीले उक्त पिकअप भ्यान समेत बरामद गरेको छ ।
पक्राउ परेका महतोलाई बरामद फलफुल तथा भ्यानसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।
