काठमाडौं,
काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका ६ टौदह स्थित बागमती नदिको
किनारामा रहेको पानी पोखरीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएका दुई
जनाको शव एपीएफ टोलीले चैत्र १९ गते फेला पारेको छ ।
उक्त पोखरीमा पौडी खेल्ने क्रममा काठमाडौंको दक्षिणकाली नगरपालिका १
बस्ने ८ वर्षिय कृष्ण मगर र ११ वर्षिय प्रशान्त सुनुवार डुवेका थिए ।
सो घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८
निलबाराही गणबाट सशस्त्र प्रहरी निरीक्षक जनकजंग भण्डारीको कमाण्डमा
खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त एपीएफ टोलीले उनीहरुको शव उक्त
पोखरीबाट बाहिर निकालेको हो ।
