मोरङ,
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट चैत्र १५
गते एपीएफ टोलीले करीब ३ लाख ९५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
विभिन्न किसिमका मोबाईलको ब्याट्री बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य
बराबरको ब्याट्री सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीबाट
खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद ब्याट्री स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
