काठमाडौं,
    चितवन जिल्लाको राप्ती नगरपालिका १ स्थित पूर्व–पश्चिम लोकमार्गबाट माघ १४ गते एपीएफ टोलीले करीव १ सय १० के.जी. गाँजा बरामद गरेको छ । 
    ना ६ ख १३७१ नम्बरको ट्रकमा लोड गरिरहेको अवस्थमा उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण गढिमाई बाहिनी मुख्यालयबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । 
    त्यसवेला गस्तीमा रहेको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त गाँजा लोड गर्ने व्यक्तिहरु भागी फरार भएका थिए । 
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पिपरपाटीबाट खटिएको एपीएफ टोलीले माघ १५ गते करीव ५० के.जी. गाँजा बरामद गरेको छ ।     
    उक्त गाँजा एपीएफ टोलीले बारा जिल्लाको पचरौता नगरपालिका २  ईनरुवाबाट बरामद गरेको हो । 
    बरामद गाँजा ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाईएको छ ।     
 

APF