सिरहा,
सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित सीमा ईलाकाबाट पौष २६ गते
एपीएफ टोलीले करीव तीन लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले बरामद
गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय मार्डर सिरहामा बुझाईएको छ ।
