सुनसरी, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १५ स्थित ज्ञानचुन चोकबाट मंसीर ७ गते एपीएफ टोलीले करीव चार ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षिय दिक्षेन राई छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलको कमाण्डमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज राईलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय धरानमा बुझाईएको छ ।
APF