रुपन्देही,
रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका ११ भुजौली सिमा इलाकाबाट
मंसिर ०५ गते एपीएफ टोलीले करीब एक लाख ६१ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको बिभिन्न किसिमको आयुर्वेदिक औषधीसहित तिन जनालाई पक्राउ
गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका ४ बस्ने २५ बर्षिय रमजान मुसलमान तथा
अख्तर भाट र भारतमा घर बताउने शेसफरेना रहेका छन् ।
भारतबाट अवैध रुपले भन्सार छली बा १७ च ७४९० नम्बरको कारमा राखेर
ल्याउँदै गरेको अबस्थामा उल्लेखित आयुर्वेदिक औषधीे एपीएफ टोलीले फेला
पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेश भुजौलीबाट खटिएको एपीएफ
टोलीले पक्राउ गरेका उनीहरुलाई बरामद औषधी र सो कारसहित आवश्यक कारवाहीको
लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
