महोत्तरी,
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित खैराचोक र मनरासिसुवा
नगरपालिका २ कट्टि भन्ने स्थानबाट असोज २७ गते एपीएफ टोलीले करीव एक लाख
१२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरको उल्लेखित मुल्य
बराबरको लत्ताकपडा र कस्मेटिक सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण
महोत्तरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको छ ।
