Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी बलका विभिन्न ईकाइहरुमा प्राथमिक मनोवैज्ञानिक सहयोग (पीएफए) तालिम संचालन

काठमाडौं,
    कोभिड–१९ विश्वव्यापी महामारीको समयमा व्यक्तिको आत्मविश्वास तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राखी सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बल नेपालका विभिन्न ईकाइहरुमा असोज १८ गतेदेखि प्राथमिक मनोवैज्ञानिक सहयोग (पीएफए) तालिम संचालन गरेको छ । 
    विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार विपद् प्रकोप तथा महामारी जस्ता घटनाहरुबाट प्रभावित व्यक्ति तथा समुहलाई कोभिड–१९ महामारीबारेको वास्तविकता तथा भ्रमहरु र त्यसबाट आफु र अरुलाई कसरी सुरक्षित राख्ने, मानसिक स्वास्थ्य के हो र यसको हेरचाह गर्ने उपाय, तनाव व्यवस्थापन, प्रभावितमा देखिने लक्षणहरु तथा त्यसले निम्त्याउन सक्ने समस्या र उनीहरुको मानसिक स्वास्थ्यमा देखा पर्नसक्ने असरहरुको समाधान सम्बन्धमा तत्कालै मनोवैज्ञानिक प्राथमिक सहयोग प्रदान गर्ने सम्बन्धमा यथेस्त प्रशिक्षण गर्ने सोचकासाथ सशस्त्र प्रहरी बल, नेपालका कमाण्डर तहका अधिकृतहरुलाई प्रशिक्षित गरिएको हो । उनीहरुले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत आवश्यक प्रशिक्षण प्रदान गर्नेछन् । 
    एपीएफ अस्पतालका चिकित्सक तथा सशस्त्र प्रहरी बल, नेपालका मनोपरामर्शकर्ता सहितको प्रशिक्षक टोलीले असोज १८ र १९ गते सशस्त्र प्रहरी बल, नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४० रिजर्भ गण पिलुवा बारा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र सशस्त्र प्रहरी बल, नेपाल जवान तालिम शिक्षालय नौवस्ता बाँकेमा गरी कुल १ सय २० जना राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरेको छ ।
    यसैगरी सोही टोलीले असोज २० र २१ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ बाहिनी मुख्यालय सुर्खेत मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिने छ ।
यसैगरी यही असोज २२ र २३ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ, सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिने कार्यक्रम रहेको छ ।
त्यसैगरी असोज २५ र २६ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहतका गरी करीव ५ सय जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिने छ ।

2077-06-19
APF News
एपीएफ टोलीद्वारा अवैध सामान बरामद

कैलाली,
    कैलाली जिल्लाको कञ्चनपुर शुक्लाफाटा नगरपालिका १२ स्थित कालागौरी ईलाकाबाट असोज १८ गते एपीएफ टोलीले करीव २३ लाख ४ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
    से १ च ११३२ नम्बरको महेन्द्र जिपमा विल भन्दा बढि परिमाणका सामान राखी धनगढी बाट कञ्चनपरतर्फ लैजाँदे गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको विभिन्न किसिमका औषधी, किराना सामान, सुर्ती, गुट्का र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    एपीएफ टोलीले त्यसवेला सामान लैजान प्रयोग भएको उक्त जिप तथा जिपका चालकलाई समेत पक्राउ गरेको छ । 
    पक्राउ परेका चालकलाई बरामद सामान तथा जिपसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको छ । उक्त जिपको भन्सार दाखिला मुल्य १५ लाख रहेको छ । 

2077-06-19
APF News
एपीएफ टोलीद्वारा लागुऔषधसहित पक्राउ

पर्सा,
    पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेट नजिकैबाट असोज १८ गते एपीएफ टोलीले तीन सय वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका ६ बस्ने याकुब अन्सारी छन् ।
    भारतबाट नेपालतर्फ आउँदै गरेका निज अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
    पक्राउ परेका अन्सारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ । 
 

2077-06-19
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान

काठमाडौं,
    झापा जिल्लाको मेची नगरपालिका १३ स्थित चारआलीबाट असोज १८ गते एपीएफ टोलीले करीव दुई लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    बरामद सामान भन्सार कार्यालय भद्रपुरमा बुझाईएको छ ।
     यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठी पसौनीबाट खटिएको एपीएफ टोलीले करी दुई लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल पार्ट्स बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त मोवाईल पार्ट्स एपीएफ टोलीले नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका ७ सुर्यपुरा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
    बरामद मोवाईल पार्ट्स स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । 

2077-06-18
APF News
एपीएफ टोलीद्वारा ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा,
    झापा जिल्लाको झापा गाउँपालिका ३ कामाटोल बजारबाट असोज १७ गते एपीएफ टोलीले २८ ग्राम ८६ मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षिय दिनेश ठाकुर र १९ वर्षिय अम्मर राजबंशी छन् ।
    उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । 
    पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । 

2077-06-18
APF News
प्याराग्लाईडिङ्ग गर्ने क्रममा फेवातालमा खसेका एक जनाको एपीएफ टोलीद्वारा सकुशल उद्धार  ः–

कास्की, 
    प्याराग्लाईडिङ्ग गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका १८ खपौदी स्थित वाटरफन्ट नजिकै फेवातालमा खसेका एक जनाको एपीएफ टोलीले सोमबार सकुशल उद्धार गरेको छ ।
    प्याराग्लाईडिङ्ग गरिरहेको बेला अनियन्त्रित भई फेवातालमा खसेका सोही महानगरपालिका १८ बस्ने १९ वर्षिय अमन थापा सो तालमा खसेका थिए ।
    सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिकाबाट फेवाताल रेस्क्यू टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले उनलाई तत्कालै उद्धार गरेको हो ।  

2077-06-13
APF News
एपीएफ टोलीद्वारा चरेशसहित पक्राउ –

पर्सा,
    पर्सा जिल्लाको पकाहा मैनापुर गाउँपालिका १ स्थित सीमा ईलाकाबाट असोज ११ गते एपीएफ टोलीले करीव दुई सय ग्राम चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा भारतको पुर्वी चम्पारण जील्ला पुरेन्द्र माउजा घर बताउने ३७ वर्षिय उपेन्द्र पटेल छन् ।
    बीआर ०५ एसी ९११७ नम्बरको भारतीय मोटरसाईकलमा सवार निज पटेललाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पकाहा मैनापुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित चरेश फेला परेपछि पक्राउ गरिएको हो ।
    त्यसवेला एपीएफ टोलीले निजले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
    पक्राउ परेका पटेललाई बरामद चरेश तथा मोटरसाईकलसहित आवश्यक करावाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । 

2077-06-13
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद :–

काठमाडौं,
        कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ९ स्थित सीमा ईलाकाबाट असोज १०
गते एपीएफ टोलीले करीव सात लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बंग्राकटानबाट खटिएको एपीएफ
टोलीले बरामद गरेको हो ।
        त्यसवेला लत्ताकपडा ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त
लत्ताकपडा छाडी फरार भएका थिए ।
        बरामद लत्ताकपडा भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको
एपीएफ टोलीले असोज १० गते करीव एक लाख ६५ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको भेट्नरीका सामानहरु बरामद गरेको छ ।
        भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ
टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित भण्टावारी चोकबाट बरामद
गरेको हो ।
        बरामद सामान भन्सार कार्यालय कोशी व्यारेजमा बुझाईएको छ ।
 

2077-06-11
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ :–

काठमाडौं,
        सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित दरैयाबाट असोज १० गते एपीएफ
टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका ६ बस्ने २३ वर्षिय राजु
शर्मा छन् ।
        उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको
एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ३० पत्ता र
स्पास्मो प्रोक्सिभन ६ पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।
        पक्राउ परेका निज शर्मालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि
स्थानीय प्रहरीमा बुझाईएको छ ।
        यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ स्थित भाटसार ईलाकाबाट असोज
११ गते एपीएफ टोलीले ५० बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित एक जनालाई
पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका २ बस्ने ३० वर्षिय दिने
पासवान छन् ।
        उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको
एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि
पक्राउ गरिएको हो ।
        
 

2077-06-11
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
        पर्सा जिल्लाको पोखरीया नगरपालिका ६ सिर्सियाबाट भाद्र ९ गते एपीएफ
टोलीले करीव दुई लाख रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ

        भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश पोखरीयाबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
        यसैगरी महोत्तरी जिल्लाको शम्सी गाउँपालिका ७ चाँदनी चोकबाट भाद्र ९ गते
एपीएफ टोलीले करीव एक लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट शम्सीबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
        बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ
टोलीले भाद्र ९ गते करीव एक लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
किराना तथा कस्मेटिक सामान बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले रौतहट
जिल्लाको गौर नगरपालिका २ महादेवपट्टिबाट बरामद गरेकोे हो ।
        बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
 

2077-05-10
APF News
एपीएफ टोलीद्वारा गाँजासहित दुई जना पक्राउ 

उदयपुर,
        उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका ७ ठुलो टिकेनीबाट भाद्र १० गते
एपीएफ टोलीले करीव ८० के.जी. गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोही जिल्लाको उदयपुरगढी गाउँपालिका १ बस्ने २९
वर्षिय पुण्यबहादुर मगर र सोही गाउँपालिका ३ बस्ने ४३ वर्षिय रामकुमार
गोले छन् ।
        उदयपुरबाट सिराहतर्फ जाँदै गरेका उनीहरुको साथबाट सशस्त्र प्रहरी बल,
नेपाल नम्बर ५ गण उदयपुरबाट खटिएको एपीएफ टोलीले चार बोरा तयारी गाँजा
फेला पारेपछि पक्राउ गरिएको हो ।
        पक्राउ परेकाहरुलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाईएको छ ।

2077-05-10