Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा अवैध पेस्तोसहित पक्राउ –

काठमाडौं,
    रौतहत जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मीपुर स्थित सीमा ईलाकाबाट मंसीर २७ गते एपीएफ टोलीले एउटा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा भारतमा घर बताउने २१ वर्षिय नितेश कुमार पटेल छन् ।
    भारतबाट नेपालतर्फ आउँदै गरेका निज पटेललाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त पेस्तोल फेला परेपछि पक्राउ गरिएको हो ।
    पक्राउ परेका पटेललाई बरामद पेस्तोसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाईएको छ ।
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश फरहदवाबाट खटिएको एपीएफ टोलीले मंसीर २७ गते एउटा नक्कली पेस्तोलसहित सर्लाही जिल्लाको हरिपुर नगरपालिका ४ स्थित गौर चेकप्वाईन्टबाट एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सोही जिल्लाको बरहथवा नगरपालिका २ बस्ने २२ वर्षिय अर्जुनकुमार यादव छन् ।
    मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको बा ५३ प ५४०० नम्बरको मोटरसाईकलमा सवार निज यादवलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त नक्कली पेस्तोल फेला परेपछि पक्राउ गरिएको हो ।
    एपीएफ टोलीले त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
    पक्राउ परेका यादवलाई बरामद नक्कली पेस्तोल तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय हरिपुरमा बुझाईएको छ ।

 

2077-08-28
APF News
कञ्चनपुरको माहाकालीमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना –

कञ्चनपुर,
    कञ्चनपुर जिल्लाको माहाकाली नगरपालिका १० स्थित कुतिवाकभरमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) कुतिवाकभर स्थापना भएको छ ।
    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले मंसीर २८ गते आयोजित एक कार्यक्रमका बीच उक्त बिओपीको उद्घाटन  गर्नुभएको हो ।
    त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले अहिलेको परिस्थितीमा जनताको सेवा, सुरक्षाको ठूलो जिम्मेवारी आएको हुँदा व्यक्तिगत समस्यालाई ध्यानमा राखी अझै बढि अनुसाशित एवं कर्तव्यनिष्ट भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिनुभयो ।
उहाँले सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरीको ठूलो भूमिका रहेको चर्चा गर्नुहुँदै नेपाल सरकारको नीति अनुरुप सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिने बताउनुभयो ।
कञ्चनपुर जिल्लाको सदरमुकाम देखि करीव २० किलोमिटरको दुरिमा नेपाल भारत सीमानाका भन्दा करीव २ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ ।
सो कार्यक्रममा उक्त नगरपालिकाका मेयर बीरबहादुर सुनार, उपमेयर चिनी गिरी ओझा, प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठ लगायत सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरुको समेत उपस्थित रहेको थियो । 

2077-08-28
APF News
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित तीन जना पक्राउ
सप्तरी, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ६ कटैया स्थित सीमा ईलाकाबाट मंसीर २३ गते एपीएफ टोलीले १ लाख ६४ हजार २ सय ७० भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ बस्ने ३५ वर्षिय मोहमद नजमुल, भारतको हरियाणा घर बताउने ४७ वर्षिय नरेश कुमार र ३२ वर्षिय कुलदिप छन् । स ९ प १७०२ नम्बरको मोटरसाईकलमा भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पातोबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट ५ हजार ५ सय नेपाली रुपैयाँ तथा उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद रुपैया तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाईएको छ ।
2077-08-24
APF News
दुई जना महिलालाई क्यानडा पठाईदिने भनी भारततर्फ लैजाँदै गरेकी एक महिला
कञ्चनपुर, कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोके स्थित सीमा ईलाकाबाट मंसीर २२ गते दुई जना महिलालाई क्यानडा पठाईदिन्छु भनी भारततर्फ लैजाँदै गरेकी एक महिलालाई एपीएफ टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका १२ बस्ने सिता पाण्डे सुवेदी छिन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोकेबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि सोधपुछ गर्दा निज सुवेदीले ती दुई महिलालाई भारतको दिल्ली हुँदै क्यानडा पठाईदिने भन्दै भारततर्फ लैजाँदै गरेको खुल्न आएपछि निज सुवेदीलाई पक्राउ गरिएको हो । पक्राउ परेकी निज सुवेदीलाई ती दुवै जना महिलासहित शान्ति पुर्नस्थापना केन्द्र त्रिनगरमा बुझाईएको छ ।
2077-08-24
APF News
एपीएफ टोलीद्वारा नेपाली पासपोर्टसहित पक्राउ

रुपन्देही,
    रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा स्थित सीमा ईलाकाबाट मंसीर १४ गते एपीएफ टोलीले २४ वटा नेपाली पासपोर्टसहित एक जनलाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ४ बस्ने २६ वर्षिय चन्दनप्रसाद रौनियार छन् ।
    उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा युक्रेनको भिषा लागेको ५ वटा तथा अन्य १९ वटा नेपाली पासपोर्ट फेला परेपछि पक्राउ गरिएको हो । 
    पक्राउ परेका निज रौनियारलाई बरामद पासपोर्टसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलहियामा बुझाईएको छ । 
 

2077-08-15
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद –

काठमाडौं,
        रुपन्देही जिल्लाको रोहीणी गाउँपालिका १ बगाहा स्थित सेमरपानी ईलाकाबाट
मंसीर १४ गते एपीएफ टोलीले करीव एक लाख ६२ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त
लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको
एपीएफ टोलीले बरामद गरेको हो ।
        बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकल भन्सार कार्यालय बेलहियामा बुझाएको
छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ३५ हजार रुपैयाँ रहेको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा वेश भैरमपुरबाट खटिएको
एपीएफ टोलीले मंसीर १४ गते करीव एक लाख ५७ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको मोवाईलका पार्ट्स बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त मोवाईलका पार्ट्स एपीएफ टोलीले
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ५ स्थित धमौलीबाट बरामद
गरेको हो ।
        बरामद मोवाईलका पार्ट्स भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।
 

2077-08-14
APF News
गृहसचिव न्यौपानेबाट बाहिनीपतिहरुलाई निर्देशन –

काठमाडौं,
    गृहसचिव महेश्वर न्यौपानेले हालै बाहिनीपतिको रुपमा सरुवा भई त्यसतर्फ खटिई जान लागेका  बाहिनीपतिहरुलाई आईतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा निर्देशन दिनुभएको छ । 
    गृहसचिव न्यौपानेले त्यसअवसरमा बाहिनीपतिहरुले कार्यक्षेत्रमा आफु मातहतका सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई उचित ढंगले परिचालन गरी निर्दिष्ट लक्ष्य प्राप्तीमा पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा उत्कृष्ट योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 
    उहाँले विपद् व्यवस्थापन कार्यमा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सशस्त्र प्रहरी बलले कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थापनमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
     गृहसचिव न्यौपानेले सशस्त्र प्रहरी बल, नेपालका बाहिनीपतिको रुपमा खटिएकाहरुले आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्दै मातहत ईकाइबाट भए गरेका कामकारवाहीको सही रुपमा मूल्यांकन गनुपर्ने चर्चा गर्नुुहुँदै कार्यक्षेत्रमा सकृय भएर आ–आफ्नो मातहतका कार्यालय तथा कर्मचारीहरुको नियमित अनुगमन गरी ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाहमा खरो उत्रन निर्देशन दिनुभयो । 
उहाँले शान्ति सुरक्षा कायम गर्ने कार्यमा आईपर्ने विविध सुरक्षा चुनौतीहरुलाई परास्त गर्दै मुलुकको आन्तरिक सुरक्षा कायम राख्न अन्य निकायहरुसँग समेत आवश्यक समन्वय र सहकार्य गर्दै कार्यसम्पादनमा जुट्न निर्देशन दिनुहुँदै जिम्मेवारीका क्षेत्रहरुमा कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरु कुशल ढंगले कार्यसम्पादनमा कृयाशिल रहने विश्वास व्यक्त गर्नुभयो ।
गृहसचिव न्यौपानेले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, राजश्व चुहावट नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रणमा संवेदनशिल भएर जिम्मेवारी निर्वाहमा लाग्न कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिनुभयो । 
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल राज्य तथा संगठनले लिएको लक्ष्य प्राप्तीका लागि अहोरात्र कार्यक्षेत्रमा कृयाशिल रहिरहेको चर्चा गर्नुहुँदै संगठनलाई प्राप्त सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् प्रकोप पीडित नागरिकहरुको उद्वार लगायतका जिम्मेवारीहरुमा परिमाणमुखी कार्यसम्पादनमा सकृयताकासाथ कृयाशिल रहेको बताउनुभयो । 
उहाँले प्राप्त श्रोतसाधनहरुलाई अधिकतम उपयोग गर्दै शान्ति सुरक्षा तथा सुशासन कायम राख्दै अनुशासित र इमान्दारिताकासाथ चेनअफ कमाण्डमा रहेर व्यावसायिक कार्यसम्पादनमा जुट्न बाहिनीपतिहरुलाई निर्देशन दिनुहुँदै यदी कोही गैर जिम्मेवारीपूर्ण क्रियाकलापमा संलग्न भएको पाईएमा तत्कालै दण्डित गरिने कुरा समेत उल्लेख गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले गृहसचिवबाट भएका निर्देशनहरुलाई सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुबाट अक्षरस पालना हुने प्रतिवद्धता व्यक्त  गर्नुभयो । 
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणबावु थापा र  रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो । 
 

2077-08-14
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ स्थित सीमा ईलाबाट मंसीर ११ गते एपीएफ टोलीले करीव ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षिय मिथिलेस यादव र भारतमा घर बताउने २१ वर्षिय शिवभजन यादव छन् । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बनैनियाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद लत्तापकडासहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालमा बुझाईएको छ ।
2077-08-12