Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ स्थित डण्डाकोटहीमाई ईलाकाबाट माघ २० गते एपीएफ टोलीले करीव एक लाख ३४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको एपीएफ टोलीले माघ १९ गते करीव एक लाख २७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा कस्मेटिक सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।
2077-10-20
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीबाट माघ १८ गते एपीएफ टोलीले करीब दुई लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाइल सेट बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मोबाइल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको एपएिफ टोलीले माघ १९ गते करीब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ । भन्सार छली ल्याउँदै गरेको उक्त सामान सिरहा जिल्लाको भगवानपुर गाँउपालिका ३ अभयनगरस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । एपीएफ टोलीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2077-10-19
APF News
एपीएफ टोलीद्वारा नक्कली नोटसहित दुई जना पक्राउ
कञ्चनपुर, कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ८ पचुईस्थित सीमा ईलाकाबाट माघ १७ गते एपीएफ टोलीली एक हजार दरको पाँचवटा नक्कली नोट र नोट बनाउन प्रयोग हुने दुई सयवटा कागजसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको लालझाडी गाँउपालिका १ बस्ने २३ बर्षिय संजय राना र बेलौरी नगरपालिका ८ पचुई बस्ने २२ बर्षिय ईन्द्र राना छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पचुईबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा उल्लेखित नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद नक्कली नोट र नोट बनाउने कागजसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2077-10-18
APF News
नेपाल एपीएफ अस्पताल र मानव सेवा आश्रमका बीच स्वास्थ्य उपचार सम्बन्धी सहमति
काठमाडौं, नेपाल एपीएफ अस्पताल र मानव सेवा आश्रमका वीच स्वास्थ्य उपचार सम्बन्धी सहमति भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा माघ १८ गते आयोजित एक समारोहका वीच सो सम्झौता भएको हो । नेपाल एपीएफ अस्पतालका संरक्षक सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मानव सेवा आश्रमका संरक्षक एवं समाजसेवी डा. गोविन्द टण्डनको उपस्थितिमा नेपाल एपीएफ अस्पतालको तर्फबाट प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जन र सो आश्रमको तर्फबाट आश्रमका अध्यक्ष रामजी अधिकारीले स्वास्थ्य उपचार सम्बन्धी पत्रमा हस्ताक्षर गर्नुभएको हो । यही माघ ९ गते २० औं सशस्त्र प्रहरी दिवस २०७७ को अवसरमा आयोजित एक समारोहका वीच सशस्त्र प्रहरी महानिरीक्षक खनालले कल्याणकारी योजना मार्फत आश्रममा रहेका बेसहारा, अशक्त, असहाय एवं अभिभावक विहिनहरुलाई नेपाल एपीएफ अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गर्नुभएको थियो । सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘मानव सेवा नै सवैभन्दा ठूलो धर्म हो’ भन्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालले सुरक्षा र सेवाका कार्यहरु सँगसँगै गर्दै जाने र यस किसिमको कार्यले ती असहाय मानिसहरुको आर्शिबाद संगठनलाई प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस प्रकारको पवित्र कार्यले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई सेवामा लाग्नका लागि उर्जा प्राप्त हुने र सो आश्रममा आश्रितहरुलाई दिईने स्वास्थ्य सेवाले अस्पतालको सेवा विस्तार हुँदै जाने बताउनुभयो । कार्यक्रममा मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डनले सो आश्रममा आश्रितहरुको उपचारका लागि विगतमा धैरै अस्पताल भौतारिनु पर्ने बाध्यता रहेको र सोचे जस्तो उपचार समेत पाउन नसकेको अप्ठ्यारा दिनहरुको स्मरण गर्नुहुँदै यस पवित्र कार्यका लागि सशस्त्र प्रहरी बल, नेपालप्रति खुशी र कृतज्ञता व्यक्त गर्नुभयो । यस सम्झौतासँगै सो आश्रमका आश्रितहरुले नेपाल एपीएफ अस्पतालमा उपलब्ध ईमरजेन्सी, बहिरङ्ग, जनरल, तथा विशेषज्ञ ओपीडी, अन्तरङ्ग सेवा अन्तर्गतका वार्ड सवै, आईसीयु, एचसियु एचडियु, माईनर तथा मेजर अप्रेशन सेवा, प्याथोलोजी सेवा निःशुल्क उपलब्ध हुनेछ । यसैगरी रेडियोलोजी अन्तर्गत एक्सरे, सीटी स्क्यान, अल्ट्रासाउण्ड, इकोकार्डियोग्राफी तथा फिजियोथेरापी सेवाका साथै आईसीयु र डाईलासिसको लागि प्रयोग हुने अस्पतालमा उपलब्ध औषधीहरु, मुटुरोग, मृगौला रोग मधुमेह आदि भई आजिवन औषधी सेवन गर्नुपर्ने बिरामीहरुको लागि आस्पतालमा उपलब्ध औषधीहरु समेत निःशुल्क उपलब्ध गराइने छ । यसैगरी अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीहरुलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिण्डर उपलब्ध भएमा निःशुल्क रिफिलिङ्ग र आश्रमको सिफारिसमा काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा तथा शब वाहन सेवा, अस्पतालबाट खरिद गरिएका औषधीहरु आश्रमका बिरामीहरुलाई निःशुल्क प्रदान गरिने समेत सम्झौतामा उल्लेख छ । सो सम्झौतामा नेपाल एपीएफ अस्पतालमा हाल कायम भएको ११० शैय्याको बेड मध्ये मानवसेवा आश्रमका बेसहारा, असक्त, असहाय एवं अभिभावक विहिनहरुलाई तीन शैय्याको बेड उपलब्ध गराइने उल्लेख गरिएको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगाएत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु तथा सो आश्रमका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
2077-10-18
APF News
एपीएफ टोलीद्वारा दुर्घटनाका घाइतेहरुको उद्धार
काभ्रे, काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका २ स्थित बिपी लोकमार्गमा माघ १८ गते दिउँसो भएको सवारी दुर्घटनामा परी घाइते भएका १० जनाको एपीएफ टोलीले उद्धार गरी उपचारार्थ अस्पतालतर्फ पठाएको छ । काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको ज १ ज २३३ नम्बरको टाटा सुमो र विपरीत दिशाबाट आउँदै गरेको ००१ प ९७४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्एिर सो दुर्घटना भएको बताइएको छ । उक्त दुर्घटनामा उल्लेखित टाटो सुमो सडकबाट करीब ८० मिटर तल खसेको थियो भने टाटा सुमोका चालक र सहचालकसहित ८ जना र मोटरसाइकलमा सवार २ जना व्यक्तिहरु घाइते भएका छन् ।। सो सवारी दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण काभ्रेबाट तत्कालै एपीएफ टोली खटिगई दुर्घटनाका घाइतेहरुको उद्धार गरेको हो । घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।
2077-10-18
APF News
एपीएफ टोलीद्वारा गाँजा बरामद

काठमाडौं,
    चितवन जिल्लाको राप्ती नगरपालिका १ स्थित पूर्व–पश्चिम लोकमार्गबाट माघ १४ गते एपीएफ टोलीले करीव १ सय १० के.जी. गाँजा बरामद गरेको छ । 
    ना ६ ख १३७१ नम्बरको ट्रकमा लोड गरिरहेको अवस्थमा उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण गढिमाई बाहिनी मुख्यालयबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । 
    त्यसवेला गस्तीमा रहेको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त गाँजा लोड गर्ने व्यक्तिहरु भागी फरार भएका थिए । 
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पिपरपाटीबाट खटिएको एपीएफ टोलीले माघ १५ गते करीव ५० के.जी. गाँजा बरामद गरेको छ ।     
    उक्त गाँजा एपीएफ टोलीले बारा जिल्लाको पचरौता नगरपालिका २  ईनरुवाबाट बरामद गरेको हो । 
    बरामद गाँजा ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाईएको छ ।     
 

2077-10-14
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, 
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर हुनुभएका ५ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा माघ १५ गते आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।
सोही विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएका १५ जना अधिकृतहरुलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । 
नेपाल सरकार गृहमन्त्रालय माननीय गृहमन्त्रिस्तरको यही माघ १४ गतेको निर्णयले ५ जना अधिकृतहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर हुनुभएको हो भने नेपाल सरकार गृहसचिवस्तरको यही माघ १२  गतेको निर्णयले १६ जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएको हो ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै उहाँहरुले राज्य र संगठनलाई पु¥याएको योगदानकोसाथै व्यावसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गर्नुभयो । 
उहाँले बढुवा हुनुभएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न पूर्णव्यावसायिक भई अनुशासित एवं जिम्मेवारी बोधकासाथ कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुपर्ने उल्लेख गर्नुहुँदै राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संकारमा रहेर आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै आम नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिनुभयो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
 

2077-10-14
APF News
प्याराग्लाईडिङ्ग गर्ने क्रममा फेवातालमा खसेका एक जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार

कास्की,
    कास्की जिल्लाको पोखरा महानगरपालिका ६ लेकसाईड स्थित फेवातालमा खसेका एक जनाको एपीएफ टोलीले माघ १४ गते सकुशल उद्वार गरेको छ । 
    सोही जिल्लाको पोखरा महानगरपालिका २३ बस्ने २३ वर्षिय कृष्ण के.सी.ले प्रयोग गरेको प्याराग्लाईडिङ्ग अचनाक गति अनियन्त्रीत भई उक्त तालमा खसेका थिए । 
    सो बारे जानकारी पाउनासाथै सस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक धर्मेन्द्र चौधरीको कमाण्डको एपीएफ टोलीले उनको सकुशल उद्वार गरेको हो । 
 

2077-10-14
APF News
एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउ
काठमाडौं, काठमाडौं महानगरपालिका २६ लैनचौर ईलाकाबाट माघ १४ गते एपीएफ टोलीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाउँपालिका वडा नं. ३ घर भई काठमाडौंको सामाखुशी टाउन प्लानिङ्ग बस्ने २८ वर्षिय कृष्ण चौलागाई छन् । एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट खटिएको एपीएफ टोलीले निज चौलागाईलाई लैनचौरबाट उक्त कटुवा पेस्तोल तथा सोको एक थान गोली र एउटा मोवाईल सेटसहित पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेका निज चौलागाईलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद कटुवा पेस्तोल, सोको गोली र मोवाईलसहित नेपाल प्रहरीलाई बुझाएको छ ।
2077-10-14
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सिरहा, सिरहा जिल्लाको औरही गाउँपालिका १ दरैया स्थित सीमा ईलाकाबाट पौष २६ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका २ बस्ने गौरव भण्डारी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वरियापट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ४ वटा, स्पास्मो ट्याब्लेट ५ वटा र डाईलेक्स डिसी २ बोतल फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज भण्डारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी हरकट्टिमा बुझाईएको छ ।
2077-09-26
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ
रौतहट, रौतहट जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट पौष २६ गते एपीएफ टोलीले करीव एक लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गरुडा नगरपालिका ५ बस्ने ३७ वर्षिय झगडु राय छन् । ना १ ज ३२९६ नम्बरको टेल्को पिकअप गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा निज रायलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले उक्त सामानसहित पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको सो गाडी समेत बरामद गरेको छ । पक्राउ परेका रायलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
2077-09-26
APF News
सशस्त्र प्रहरी जवानको लिखित परिक्षा अर्काको नाममा दिदैगरेका १० जना नक्कली परिक्षार्थी पक्राउ

काठमाडौं,
        सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला
प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका १० जना
नक्कली परिक्षार्थी पौष १८ गते पक्राउ परेका छन् ।
        हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपुर्ती गरिने
साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षामा
सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरि
परिक्षार्थीहरुको एकिन गर्ने क्रममा नेपाल भरका विभिन्न परिक्षा
केन्द्रहरुबाट १० जना नक्कली परिक्षार्थीहरु फेला पारिएको हो ।
        सशस्त्र प्रहरी बलमा भर्ना छनोट कार्य निश्पक्ष र पारदर्शी रहेको छ ।

2077-09-18