Toggle Menu

समाचार

APF News
आगलागी नियन्त्रण
प्यूठान, खोटाङ्ग जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नरपालिका १ दिक्तेल बजार स्थित गणेश फर्निचर उद्योगमा भएको आगलागी नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो स्थानमा रहेको उक्त फर्निचर उद्योगमा विद्युतीय तार सर्ट भई आगलागी भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । उक्त आगलागीबाट जेनरेटर, कटर मेसीन, खराट मेसीन, हाते मेसीन तथा काठ जली करीव ५० लाख ८६ हजार रुपैया बराबरको धनमाल क्षती भएको बताईएको छ । यसैगरी प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका १ कोचिवङ्ग स्थित बराह सामुदायिक बनमा चैत्र ३० गते भएको आगलागी नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् । उक्त वनमा लागेको आगो बस्तीमा सल्कन गई सात वटा घर जलेर करीव ४८ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षती भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म प्यूठानबाट खटिएको एपीएफ टोली सो आगलागी नियन्त्रणमा जुटेको थियो ।
2077-12-31
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट स्पेशल टास्क फोर्स तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा संचालित सि.सं. ८ स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम सम्पन्न भएको छ । सोही गणमा शुक्रबार आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिमको समापन गर्नुभएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो तालिममा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्वुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुकासाथै (एसटिएफ)को ट्याग समेत प्रदान गर्नुभयो । उहाँले लामो तथा अत्यन्तै कठिन (एसटिएफ) जस्तो विशेष तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई दिनुहुँदै राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा कार्यक्षेत्रमा सम्पादन गर्नुपर्ने जस्तोसुकै कठिन र चुनौतीपूर्ण कार्यहरुमा समेत सशस्त्र प्रहरी कर्मचारीहरुले तालिमबाट प्राप्त ज्ञान, कला र कौशलको उपयोग गर्दै उत्कृष्ट कार्य सम्पादन गर्न सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले कार्यक्षेत्रमा वहनगर्नुपर्ने विविध जिम्मेवारी सहज ढंगले वहन गर्न तथा भविष्यमा आईपर्ने चुनौतीहरुलाई परास्त गर्न संगठनले यस्ता किसिमका व्यवसायिक तालिमहरु संचालन गर्दै आईरहेको उल्लेख गर्नुहुँदै राज्य, आम नागरिक र संगठनले चाहेको जस्तो कार्यसम्पादन गर्नका लागि तालिमबाट प्राप्त सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको दायरालाई बढाउँदै कार्यक्षेत्रमा पूर्ण व्यवसायिक भई उत्कृष्ट कार्यसम्पादनमा जुट्न सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई त्यसैअवसरमा निर्देशन समेत दिनुभयो । उहाँले फौजी संस्कार र पद्धतीमा रहेर आ-आफ्नो तह र तप्काबाट सबैले सामुहिक भावनाकासाथ अनुशासित, इमान्दारितापूर्वक र कर्तव्यनिष्ठ भई गरेको कार्यले सांगठानिक बिकासमा योगदान पुग्नुकासाथै आम नागरिकको मन जित्न सकिने चर्चा गर्नुहुँदै संगठनलाई आजको यस अवस्थामा ल्याई पु¥याउन अग्रजहरुको समेत महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो । सोही अवसरमा सो तालिमका प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा खटिई सम्पादन गर्नुपर्ने विविध कठिन तथा चुनौतीपूर्ण कार्यसम्पादनको डेमो समेत प्रस्तुत गरेका थिए । सो तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी जवान महेशसिंह धामी र चाँदमारीतर्फ सशस्त्र प्रहरी जवान वसन्त प्रसाद सुवेदी उत्कृष्ट हुन सफल भएका थिए । १६ हप्ता अवधिको उक्त तालिम तीन जना सशस्त्र प्रहरी निरीक्षकसहित कुल ८६ जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । उक्त तालिममा मेजर तथा माईनर ट्याक्टिस, भिभिआईपी तथा भिआईपी सुरक्षा, जंगल वारफेयर, आतंकवाद तथा प्रतिआतंकवाद, ¥यापलिङ्ग तथा क्लाईम्बिङ्ग, स्वीमिङ्ग, रिभर क्रसिङ्ग, ईन्टेलीजेन्स, मानवअधिकार लगायतका विविध विषयहरुमा प्रशिक्षण दिईएको कुरा सो अवसरमा जानकारी गराईएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुका साथै जुनियर अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
2077-12-25
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, दाङ्ग जिल्लाको राप्ती गाउँपालिका १ स्थित भालुवाङ्गबाट चैत्र २५ गते एपीएफ टोलीले करीव एक लाख ४७ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५७५ नम्बरको यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको उक्त लत्ताकपडाको कागजपत्र नभएको फेलापरेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण दाङ्गबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ बाईपासस्थित सीमा ईलाकाबाट चैत्र २४ गते एपीएफ टोलीले करीव १ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल, नेपाल डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।
2077-12-25
APF News
कागजपत्र नभएको फलफुलसहित एपीएफ टोलीद्वारा एक जना पक्राउ
सप्तरी, सप्तरी जिल्लाको सुरुङ्ग नगरपालिका ४ कदमाह स्थित पूर्वपश्चिम लोकमार्गबाट चैत्र २३ गते एपीएफ टोलीले करीव ४ लाख ५ हजार रुपैयाँ बरारबको फलफुलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा जिल्लाको सिरहा नगरपालिका ३ बस्ने २७ वर्षिय दिलिप महतो छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ च १०४६ नम्बरको पिकअप भ्यानमा राखी लैजाँदै गरेको उक्त फलफुलको काजपत्र नभएको फेला परेपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कडरवानाबाट खटिएको एपीएफ टोलीले उक्त फलफुलसहित निज महतोलाई पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त पिकअप भ्यान समेत बरामद गरेको छ । पक्राउ परेका महतोलाई बरामद फलफुल तथा भ्यानसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।
2077-12-24
APF News
आगलागी नियन्त्रणमा एपीएफ टोली सकृय
काठमाडौं, मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नगरपालिका ६ मलंगवास्थित लक्ष्मी कठायतको गाई फर्ममा चैत्र २२ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो फर्ममा थ्रेसर मेसिन चलाउने क्रममा मेसिनबाट आगोको झिल्का निस्किएर सो आगलागी भएको र उक्त आगलागीबाट करीव १० लाख रुपैयाँ बराबरको धनमाला क्षति भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोली सो आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । यसैगरी सोही जिल्लाकै धनपालथान गाउँपालिका ३ बक्कुवा डाँडा बस्ने कन्तलाल मण्डल र राजदेव मण्डलको एक तल्ले कच्ची घरमा चैत्र २३ गते आगलागी हुँदा करीव ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सोरभागबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।
2077-12-23
APF News
कानूनी लिखत प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा हल्चोक काठमाडौंमा संचालित कानूनी लिखत प्रशिक्षक प्रशिक्षण सम्बन्धी पाँच दिने अनुशिक्षण तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रदिपकुमार पालले चैत्र २० गते आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको समापन गर्नुका साथै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा प्रशिक्षकहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पालले सो अवसरमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै यस किसिमको तालिमले कार्यक्षेत्रमा परिचालित हुँदा पेशागत चुनौती तथा कानूनी चुनौतीहरुको निरुपणमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले तालिमबाट सिकेको ज्ञान सिपले जिम्मेवारी निर्वाहको क्रममा आईपर्ने कानूनी तथा व्यवहारिक कठिनाईहरुको नियमसंगत ढंगबाट समाधान गर्न सघाउ पुग्ने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक युवराज अर्यालले सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण इकाईहरुले गर्ने कानूनी कार्यलाई एकरुपता कायम गराउन, त्रुटीहरु हटाउन तथा कार्यक्षेत्रमा देखिएका द्विविधाहरु समाधान गरी कानून सम्मत तवरबाट कार्यसम्पादन गर्न यस तालिम सहायक सिद्ध हुने बताउनुभयो । पाँच दिनसम्म संचालन भएको उक्त तालिममा जुनियर अधिकृत तथा विल्लादार जवान गरी कूल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सो तालिममा कानूनी लिखतको परिचय, विभिन्न कानूनी लिखतहरु, सशस्त्र प्रहरी ऐन नियमावली, विभागीय कारवाहीको प्रकृया तथा मस्यौदा लेखन जस्ता विषयमा सैद्धान्तिक एवं व्यवहारिक रुपमा प्रशिक्षण गराइएको कुरा सो अवसरमा जानकारी गराइएको थियो ।
2077-12-20
APF News
एपीएफ टोलीद्वारा घरेलु मदिरासहित पक्राउ
सर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका १० स्थित शिवसागर चोकबाट चैत्र १९ गते एपीएफ टोलीले १ सय ६६ लिटर घरेलु मदिरासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको लालबन्दी नगरपालिका २ बस्ने २६ बर्षिय लक्ष्मण भुजेल,सोही जिल्लाको हरिवन नगरपालिका ८ बस्ने ४० बर्षिया काली आले र ३९ बर्षिया बिमा पोते छिन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उक्त घरेलु मदिरासहित पक्राउ गरेको हो । प्रदेश नम्बर ०२-००१ ह १६०३ नम्बरको अटोमा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित घरेलु मदिरासहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद मदिरासहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको छ ।
2077-12-20
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
बारा, बारा जिल्लाको कलैया उपमहानगरपालिका १० नहरचोकस्थित सीमा ईलाकाबाट चैत्र १९ गते एपीएफ टोलीले करीब १ लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । बीआर ०५ एफ ५२३२ नम्बरको भारतीय मोटरसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरिएको हो । त्यसवेला एपीएफ टोलीले उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । उक्त मोटरसाइकलको भन्सार दाखिला मूल्य १ लाख ८० हजार रुपैयाँ रहेको छ ।
2077-12-20
APF News
एपीएफ टोलीद्वारा आगलागी नियन्त्रण
काठमाडौं, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका ७ स्थित रतनपुरमा चैत्र १८ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी, स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँमा रहेको गोपी सार्किले संचालन गरेको खाद्यान्न पसल तथा स्टोर रहेको कच्ची घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा करीव ५० लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५२ गुल्म डडेल्धुराबाट खटिएको एपीएफ टोली सो आगालगी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ८ स्थित राष्ट्रिय वनमा लागेको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी, वन कार्यालयका कर्मचारी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । उक्त आगलागीबाट करीव २÷३ हेक्टर वन जलेर नष्ट भएको बताईएको छ ।
2077-12-19
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ काली मन्दिर सीमा ईलाकाबाट चैत्र १८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने ३५ वर्षिय सरोज महतो छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा वीन सिरेक्स १०० एमएलको २ वटा, पेन्टाजोप्सीन ईन्जेक्सन ३० एमएलको ६ वटा, सिटामिनोफिन क्याप्सुल ४ वटा र सिरिन्ज २ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज महतोलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाईएको छ ।
2077-12-19
APF News
पौडी खेल्ने क्रममा पोखेरीमा डुवेर मृत्यु भएका दुई जनाको शव एपीएफ टोलीद्वारा फेला
काठमाडौं, काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका ६ टौदह स्थित बागमती नदिको किनारामा रहेको पानी पोखरीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएका दुई जनाको शव एपीएफ टोलीले चैत्र १९ गते फेला पारेको छ । उक्त पोखरीमा पौडी खेल्ने क्रममा काठमाडौंको दक्षिणकाली नगरपालिका १ बस्ने ८ वर्षिय कृष्ण मगर र ११ वर्षिय प्रशान्त सुनुवार डुवेका थिए । सो घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ निलबाराही गणबाट सशस्त्र प्रहरी निरीक्षक जनकजंग भण्डारीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त एपीएफ टोलीले उनीहरुको शव उक्त पोखरीबाट बाहिर निकालेको हो ।
2077-12-19
APF News
एपीएफ टोलीद्वारा सालको काठसहित चार जना पक्राउ
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ९ मागुरमाडी ईलाकाबाट चैत्र १८ गते एपीएफ टोलीले करीव दुई लाख ४० हजार रुपैयाँ बराबरको सालको काठसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बुधशान्ति गाउँपालिका ४ बस्ने ४० वर्षिय बलबहादुर राई, ४० वर्षिय सुमन राई, ३० वर्षिय सुरेन राई र २३ वर्षिय दिपक तामाङ्ग छन् । मे १ त १३८६ नम्बरको ट्याक्टर र मे ३ प ८३७८ नम्बरको मोटरसाईकलमा राखी ईलामबाट झापातर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको करीव ६० क्यूफिट सालको काठसहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल भुटानी शरणार्थी सुरक्षा वेश टिमाईबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद काठ, उक्त ट्याक्टर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाईएको छ ।
2077-12-19