Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सि.सं. २६ गुल्मपति तथा स्टाफ तालिम समापन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २६ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम आईतबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार बस्नेतलाई पुरस्कार तथा सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो । महानिरीक्षक खनालले उक्त तालिम सफलतापूर्वक उत्कृष्ट ढंगबाट सम्पन्न गराउन विशेष भूमिका निर्वाह गरेकोमा सो तालिमका प्रशिक्षकहरुलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गर्नुभयो । त्यवअवसरमा उहाँले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई जिम्मेवारी निर्वाह गर्न सक्ने अनुशासित, कर्तव्यनिष्ठ, नैतिवान, दक्ष र कुशल नेतृत्व क्षमतायुक्त अधिकृत उत्पादनका लागि संगठनले विभिन्न किसिमका यस्ता व्यावसायिक तालिमहरु संचालन गर्दै आईरहेको उल्लेख गर्नहुँदै यस्ता तालिमले अधिकृतहरुको बृत्तीविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान, कला कौशललाई उपयोग गर्दै कार्यक्षेत्रमा खटिदा आफू मातहतकालाई समेत व्यवसायिक बनाई सामुहिक भावनाकासाथ कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुहुँदै कर्तव्यनिष्ठ भई इमान्दारितापूर्वक प्राप्त जिम्मेवारीका क्षेत्रमा समर्पणभावका साथ उत्कृष्ठ कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो । उहाँले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्र र नागरिकको सुरक्षा, सेवा तथा आपद् विपदमा परेकाहरुको उद्वारमा तदारुकताकासाथ खटिई देखाएको कर्तव्यपराणताको विभिन्न स्तरबाट समेत प्रशंसा भएको चर्चा गर्नुहुँदै राष्ट्र र आम नागरिकको सेवा तथा सुरक्षाका खातिर आफ्नो प्राणको समेत आहुती दिएका अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदानको स्मरण गर्नुभयो । महानिरीक्षक खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को महान अभियान साकार पार्न तथा सुशासन बनाई राख्ने कार्यमा शान्ति सुरक्षाको माध्यमबाट आ-आफ्नो ठाउँबाट सबै सशस्त्र प्रहरी कर्मचारीहरुले योगदान पु¥याउनु पर्ने बताउनुभयो । १२ हप्ता अवधिको सिसिएससी तालिम २७ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् भने सो तालिममा सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक रञ्जन बस्नेत उत्कृष्ट ठहरिएका छन् । उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विषयविज्ञबाट प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी., सो प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2078-03-13
APF News
मेडईन ईटाली लेखिएको एउटा पेस्तोल र सोको दुई वटा गोलीसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
सर्लाही, मेडईन ईटाली लेखिएको एउटा अटो पेस्तोलसहित सशस्त्र प्रहरीले सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ शेखटोलस्थित सीमा ईलाबाट बिहिबार साँझ दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको सितामडी जिल्ला मौहवा ग्रामपंचायत ११ घर बताउने ४५ वर्षिय संजय कुमार भारती र भारतकै पुरनदाहा रजवरा पश्चिमी ग्रामपंचायत ५ बस्ने ४० वर्षिय उमा शंकर महतो छन् । भारतबाट बीआर ३० एन २०३४ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त पेस्तोल तथा सोको म्याग्जीन २ वटा, गोली २ वटा, मोवाईल २ थान र १२ हजार ३ सय ९६ भारतीय रुपैयाँ फेला पारिएको हो । सशस्त्र प्रहरीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
2078-03-10
APF News
लागूऔषधसहित पक्राउ
काठमाडौं, मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाँस्थित सीमा ईलाकाबाट असार १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतमा घर बताउने १८ वर्षिय करन कामतलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाँबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा ब्राउन सुगर ३ ग्राम ४ मिलिग्राम, डाईलेक्स डिसी ५ सय एमएल र नाईट्रोभेट ट्याब्लेट २ पत्ता फेला पारेको हो । पक्राउ परेका कामतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सोही जिल्लाको जहदा गाउँपालिका १ स्थित भुटाहाचोकबाट असार १० गते सशस्त्र प्रहरीले करीव १ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका २ बस्ने ३७ बर्षिय गंगा प्रसाद राजवंशी छन् । को ३८ ३८ प ४७२ नम्बरको मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा पोष्ट भुटाहाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला परेको हो । पक्राउ परेका राजवंशीलाई बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-03-10
APF News
सुनको वालासहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
सिरहा, सिरहा जिल्लाको गोलबजार नगरपालिका ४ स्थित शिवचोकबाट असार ९ गते सशस्त्र प्रहरीले करीव १६ लाख रुपैयाँ बराबरको ४ वटा सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको लक्ष्मीपुर बस्ने १९ वर्षिय साउद्दीन खान र १९ विर्षिय दिवस कुमार मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा करीव दुई सय ग्रामको उक्त चार वटा सुनको वाला फेला परेको हो । पक्राउ परेकाहरलाई बरामद सुनको वालासहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।
2078-03-10
APF News
नुहाउने क्रममा नदिले बगाएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
काठमाडौं, कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोकेबजारस्थित मोहना नदिले बगाएको एक जनालाई सशस्त्र प्रहरीले असार ९ गते सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने १६ वर्षिय पिरु बि.क. नुहाउने क्रममा उक्त नदिले बगाएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले उनको सकुशल उद्वार गरेको हो । सशस्त्र प्रहरीले उद्वार पश्चात निज बि.क.लाई आफन्तको जिम्मा लगाई पठाएको छ । यसैगरी सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ९ जुरेस्थित अरनिको राजमार्गमा आएको लेदो माटोसहितको पहिरोले पुरिएको दुई वटा मोटरसाईकल सशस्त्र प्रहरीले असार ९ गते उद्वार गरेको छ । लामोसाँघुबाट बाह्रविसेतर्फ जाँदै गरेको दुई वटा मोटरसाईकल सो पहिरोले पुरिएको भन्ने खबर पाउनासाथै खोजी तथा उद्वारको कार्यका लागि सशस्त्र प्रहरील बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सशस्त्र प्रहरीले उक्त दुई वटै मोटरसाईकल उद्वार गरेको हो ।
2078-03-10
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट छैठौं समूहको एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष उद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा एक समारोहका बीच उद्घाटन गर्नुभयो । त्यसअवसरमा महानिरीक्षक खनालले संगठनमा आवद्ध अधिकृतको नेतृत्व क्षमता र दक्षता विकास गरी जनशक्ति विकासमा गुणात्मक फड्को मार्ने उद्देश्यकासाथ सुरु गरिएको यस कोर्षले विभिन्न समयमा आईपर्न सक्ने सुरक्षा चुनौतीलाई समेत विश्लेषण गरेर योजनाबद्ध रुपमा व्यवसायिक कार्यसम्पादन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले राष्ट्र र नागरिकले चाहे जस्तो सेवा प्रवाहमा उक्त कोर्ष गरेका अधिकृतहरुले कार्यक्षेत्रमा खटिई उल्लेख्य योगदान पु¥याउँदै आईरहेको उल्लेख गर्नुहुँुदै सम्माननीय प्रधानमन्त्रीज्यूको ‘समृद्ध नेपाल सुखी नेपाली’को महान अभियान साकारपार्न सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद् प्रकोप नागरिकहरुको सेवा, सुरक्षा र उद्वारकासाथै राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा गर्दै सक्षमताकासाथ शान्ति सुरक्षाको माध्यमबाट बिकासको वातावरण निर्माण गर्ने कार्यमा आफ्नो ठाउँबाट योगदान पु¥याई रहेको तथा त्यसका लागि संगठनलाई आजको यस उचाईसम्म पु¥याउन योगदान पु¥याउनुहुने संगठनका अग्रजहरुको योगदानको समेत स्मरण गर्नुभयो । एपीएफ अधिकृतहरुलाई ईमान्दार, नैतीकवान, कर्तव्यनिष्ठ बनाई सांगठानिक बिकासमा योगदान पु¥याउन सक्ने गरी पूर्ण व्यवसायिक बनाउन यस कोर्षले यथेष्ट ज्ञान प्रदान गर्ने चर्चा गर्नुहुँदै महानिरीक्षक खनालले व्यक्तिको व्यक्तित्व बिकास तथा बृत्तिबिकासमा समेत यस्ता कोर्षले महत्वपूर्ण सहयोग पु¥याउने उल्लेख गर्नुभयो । उहाँले ज्ञान आर्जन गर्ने कार्य जीवन प्रयन्त चलिरहने विषय भएको चर्चा गनुहुँदै यस्ता उच्च शिक्षा आर्जन गर्नेतर्फ अध्ययनशिल र अभैmबढी मेहनती भई लाग्न प्रशिक्षार्थी अधिकृतहरुलाई निर्देशन दिनुहुँदै उच्च शिक्षाले सुशासनको आधारभूत जग निर्माण गर्ने समेत बताउनुभयो । महानिरीक्षक खनालले उक्त कोर्ष स्तरीय रुपमा निरन्तर संचालन गर्नका लागि विशिष्ट सहयोग पु¥याएकोेमा त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न निकायबाट प्राप्त सल्लाह, सुझाव र सहयोगप्रति आभार प्रकट गर्नुभयो । समारोहमा त्रिभुवन विश्वविद्यालय मानवीकी तथा सामाजिक शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले अन्तर्राष्ट्रिय स्तरको एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष संचालनमा सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदाको खुशी व्यक्त गर्नुहुँदै सो कलेजबाट दिक्षित सशस्त्र प्रहरी अधिकृतहरुले सांगठानिक बिकासकासाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो दक्षता प्रदर्शन गरी सुरक्षा तथा विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र बिकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविध विषयहरु एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा समेटिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो । एपीएफ कमाण्ड तथा स्टाफ कलेज २०७१ साल फागुन २० गते स्थापना भएको हो भने उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानवीकी तथा सामाजिक शास्त्र संकायमा सुरक्षा, बिकास र शान्ति अध्ययनमा स्नातकोत्तर डिग्री रहेको छ । एक वर्ष ६ महिना अवधिको उक्त कोर्षमा कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दुई जना र सशस्त्र प्रहरी नायव उपरीक्षक आठ जना गरी १० जना अधिकृतहरुको सहभागीता रहेको छ । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा सहप्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
2078-03-09
APF News
बाढी तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्वार
काठमाडौं, कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका १ स्थित मध्यनगरमा अविरल वर्षाको कारण अरुवा खोलामा पानीको बहाव बढ्न गई उक्त खोलाको बीच भागमा अलपत्र परेका ८ जना बालबालिकाहरुको सशस्त्र प्रहरीले असार २ गते सकुशल उद्वार गरेको छ । गाईवस्तु चराउन गएका उनीहरु उक्त खोलको बीच भागमा अलपत्र परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जवावैराथबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको हो । यसैगरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ स्थित थारु टोलमा अविरल वर्षाको कारण नारायणी नदिको बहाव बढ्न गई डुवानमा परेका २४ वटा घरबाट खाद्यान्न तथा अन्य सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरहरुको सामान सुरक्षित स्थानमा सारेको हो ।
2078-03-03
APF News
काठ बरामद
काठमाडौं, कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका ७ गेरुवा जोतस्थित सगुनधारीबाट असार २ गते सशस्त्र प्रहरीले करीव २ लाख २९ हजार रुपैयाँ बराबरको करीव ६५ क्यूफिट सिसौको गोलिया काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विजयनगरबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय ठाकुरापुरमा बुझाईको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल हाईवे सुरक्षा पोष्ट लक्ष्मीनियाबाट खटिएको सशस्त्र प्रहरीले असार २ गते करीव १ लाख ४१ हजार रुपैयाँ बराबरको करीव ८१ क्यूफिट सालको चिरान काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ११ स्थित छोटी दोभानबाट बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय लक्ष्मीनियामा बुझाईएको छ ।
2078-03-03
APF News
अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्वार
काठमाडौं, हालै परेको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीले उद्वार गरेको छ । दाङ्ग जिल्लाको लमही नगरपालिका ७ हसनापुरस्थित राप्ती नदिको दोभानमा अलपत्र परेका ४ जनाको सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्वार गरेको छ । गोठाला गएका उनीहरु सो नदिको बीच भागमा अलपत्र परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण दाङ्गबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सकुशल उद्वार गरेको हो । यसैगरी म्याग्दी जिल्लाको बेनी नगरपालिका ९ स्थित काउले गौडामा अविरल वर्षाको कारण जोखिममा परेका ४ वटा घरहरुबाट विभिन्न सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । सो ठाउँ बस्ने लाल पुरी, प्रकाश बस्नेत, नारायण बस्नेत र बेल बहादुर बस्नेतको घर जोखिम अवस्थामा रहेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दीबाट खटिएको सशस्त्र प्रहरी सो उद्वार कार्यमा खटिएको हो । यसैगरी चितवन जिल्लाको भरतपुर महानगरपालिका २६ स्थित सिसाईमा अविरल वर्षाको कारण डुवानमा परेका तीनवटा घरहरुबाट विभिन्न सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट खटिएको सशस्त्र प्रहरी उक्त उद्वार कार्यमा सकृयताकासाथ जुटेको हो ।
2078-03-02
APF News
चोरीपैठारीको फलामसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित चेकपोईन्टबाट असार १ गते सशस्त्र प्रहरीले करीव २२ लाख ४५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको फलामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बरियारपुर घर बताउने २३ वर्षिय सन्जय कुमार कुशहवा र ४४ वर्षिय अंगत कुमार कुशहवा छन् । भारतबाट अवैध रुपले टेलरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको करीव ३४ मेट्रिटन एमएस विलेटको फलामसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त टेलर समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद फलाम तथा टेलरसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ । बरामद टेलरको भन्सार मुल्य ६० लाख रुपैयाँ रहेको छ ।
2078-03-01