Toggle Menu

समाचार

APF News
गृृहमन्त्री खाणबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण
काठमाडौं, माननीय गृहमन्त्री बालकृष्ण खाणले बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारी लिनुभयो । त्यसअवसरमा गृहमन्त्री खाणले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुकासाथै राष्ट्रको सुरक्षा र नागरिकको सेवामा उहाँहरुको योगदानको स्मरण गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिबद्ध रहि राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा अहोरात्र कृयाशिल रहँदै उत्कृष्ट कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गर्नुहुँदै कोभिड-१९ महामारीले देशमा गम्भिर क्षती पु¥याईरहेको यस अवस्थामा नेपाल एपीएफ अस्पतालका स्वास्थ्यकर्मीहरुले आम नागरिकको स्वास्थ्य उपचारमा पुर्‍याएको योगदान तथा सीमा नाकामा आवत जावत नियन्त्रण र क्वारेन्टाइनमा खटिएर सशस्त्र प्रहरी कर्मचारीहरुले महामारी व्यवस्थापनमा प्रदर्शन गरेको जिम्मेवारी निर्वाहको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । गृमहन्त्री खाणले सशस्त्र प्रहरी बल नेपालले सिमित साधन श्रोतको अधिकतम उपयोग गर्दै देशका विकट स्थानहरुमा अहोरात्र खटिई सीमा सुरक्षा, नागरिकको सेवा, सीमा अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, विपद् प्रकोप पीडितको उद्वारमा प्रशंसनिय कार्य गर्दै आईरहेको बताउनुहुँदै आम नागरिकको सुरक्षा र जीवन रक्षा नेपाल सरकारको मुख्य जिम्मेवारी रहेको समेत बताउनुभयो । गृहमन्त्री खाणले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्च मनोवलकासाथ कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिनुहुँदै गृहमन्त्रालय सशस्त्र प्रहरी बलका लागि आवश्यक आधुनिक साधनश्रोत, थप जनशक्ति र सांगठानिक विकासमा सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो । सो समारोहमा गृहसचिव टेकनारायण पाण्डेले शान्ति सुरक्षा तथा आम नागरिकको सेवा, सीमा सुरक्षा, विपद् प्रकोपमा उद्वार, कोभिड-१९ महामारी व्यवस्थापन लगायतका विविध जिम्मेवारीहरुमा सशस्त्र प्रहरी बल नेपाल उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहेको उल्लेख गर्नुहुँदै देशभरका विभिन्न ठाउँहरुमा खटिएर तथा द्वन्दग्रस्त मुलुकहरुमा समेत विभिन्न संयुक्त राष्ट्रसंघिय मिशनमा खटिएर विश्वशान्ति स्थापनार्थ पुर्‍याएको योगदानको समेत प्रशंसा गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालले सिमित साधनश्रोत जनशक्तिका बावजुद पनि विविध आधुनिक प्रविधिलाई समेत आत्मसाथ गर्दै हालका दिनहरुमा प्राप्त गरेको उपलब्धिको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै संगठनलाई आवश्यक साधन श्रोत तथा जनशक्ति थपका लागि आफुले पहल कदमी लिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा माननीय गृहमन्त्रीज्यूबाट भएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल तथा हौसलामा बृद्धि भएको उल्लेख गर्नुहुँदै माननीय गृहमन्त्री तथा गृहसचिवबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचार, मानवअधिकार उलंघन तथा लैंगिक हिंसामा शून्य सहनशिलताको नीति कडाईकासाथ पालना गर्दै संगठन अगाडी बढिरहेको बताउनुभयो । महानिरीक्षक खनालले शान्ति सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, विपद् प्रकोप पीडितको उद्वार, लगायतका नेपाल सरकारबाट प्राप्त विविध जिम्मेवारीहरुमा देशको उत्तरी सीमानाको विकट भूगोलदेखि दक्षिणी सीमानाको प्रचण्ड गर्मी रहेका स्थानहरुमा गण, गुल्म र विओपीका माध्यमबाट तैनाथरहि सशस्त्र प्रहरी कर्मचारीहरुले ईमान्दार, अनुशासित, कर्तव्य परायणता एवं पूर्णव्यवसायिक भई अहोरात्र कार्यक्षेत्रमा परिचालित रहँदै जिम्मेवारी निर्वाहमा कटिवद्ध रहँदै निरन्तर कार्यक्षेत्रमा कृयाशिल रहिरहेको बताउनुभयो । उहाँले कोभिड-१९ संक्रमण रोकथाम नियन्त्रण र उपचार लगायतका विविध जिम्मेवारीहरुमा कर्तव्यनिष्ठ भई घामपानी, भोकतीर्खा र हुरीबतासको पर्वाह नगरी सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा प्रदर्शन गरेको पूर्ण व्यवसायिकताको प्रशंसा गर्नुभयो । महानिरीक्षक खनालले सीमा सुरक्षा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ५ सय विओपी स्थापना गर्ने लक्ष्य बमोजिम यस आर्थिक वर्षमा १ सय २० वटा बिओपी स्थापना गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि संगठनलाई आवश्यक जनशक्ति, श्रोतसाधन, हातहतियार, जग्गा प्राप्ती एवं भौतिक पूर्वाधर लगायतका विषयमा माननीय गृहमन्त्री तथा गृहसचिवबाट सदा अभिभावकत्व र मार्गनिर्देशन प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो । सो अवसरमा गृहमन्त्री खाण समक्ष सशस्त्र प्रहरी बलको पृष्ठभूमी, संरचना, राष्ट्र र नागरिकको सुरक्षामा सशस्त्र प्रहरी बलको परिचालन, सुरक्षा चुनौती, कोभिड-१९ महामारीमा नेपाल एपीएफ अस्पताल तथा सशस्त्र प्रहरीले पुर्‍याएको योगदान, संयुक्त राष्ट्रसंघीय मिशनहरुमा सशस्त्र प्रहरी बलको परिचालन, मानवअधिकारको संरक्षण र संबर्धन लगायत संगठनबाट भएगरेका विविध विषयहरुमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले प्रस्तुतीकरण मार्फत जानकारी गराउनु भएको हो । उक्त समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग मार्फत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण एकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका सहसचिव लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु, काठमाडौं उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालका एकाई प्रमुखहरु तथा सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।
2078-05-02
APF News
चोरीपैठारीको सामान बरामद
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ शंकरचोकबाट भाद्र १ गते सशस्त्र प्रहरीले करीव २ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, किराना तथा कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय सम्सीमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले साउन ३२ गते करीव १ लाख ६५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको फेन्सी कपडा र कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेकोे उक्त सामान सशस्त्र प्रहरीले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ३ लक्ष्मीनगरस्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ ।
2078-05-01
APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
सर्लाही, सर्लाही जिल्लाको धनकौल गाउँपालिका १ स्थित सेखौना ईलाकाबाट साउन ३२ गते सशस्त्र प्रहरीले करीव ३ सय ७१ बोतल कोडील नामक लागूऔषधसहित सोही ठाउँ बस्ने ३० वर्षिय जयकिशोर सिंहलाई पक्राउ गरेको छ । ना १ ब २२१२ नम्बरको मोटरसाईकलमा सवार निज सिंहलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मनुषमाराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका सिंहलाई बरामद लागूऔषध तथा मोटरसाईकसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-05-01
APF News
विभिन्न किसिमका लागुऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित कनहवा ईलाकाबाट साउन २८ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको रामगोपालपुर नगरपालिका ५ बस्ने १६ बर्षिय बिनित मुखिया र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ६ बस्ने २० बर्षिय रुपक बस्नेत छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा रेक्सकफ १ बोतल, नाईट्राभेट ट्याब्लेट ६८ वटा र प्याभोन स्पार्ट ट्याब्लेट १६ वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-04-29
APF News
सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ४ डाँगीबारी सीमा ईलाकाबाट साउन २४ गते सशस्त्र प्रहरीले करिब ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय झापामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले साउन २४ गते करीव ४ लाख ३८ हजार रुपैयाँ बराबको चोरपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ज ९ प ७६५९ नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट बरामद गरेको हो । बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ७० हजार रुपैयाँ रहेको छ ।
2078-04-24
APF News
गृहमन्त्री खाणको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह सम्पन्न
काठमाडौं, माननीय गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा संचालित सि.सं. १४(क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह आईतबार सम्पन्न भएको छ । सो अवसरमा समारोहका प्रमुख अतिथि माननीय गृहमन्त्री खाणले उक्त तालिममा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वलीलाई खुकुरी प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले कर्तव्यपालनाको सिलसिलामा राष्ट्र र नागरिकको सेवा र सुरक्षाको खातिर आफ्नो प्राणको समेत आहुती दिनुभएका सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै उहाँहरुको योगदानको स्मरण गर्नुभयो । उहाँले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा खटिएर सीमा सुरक्षा तथा व्यवस्थापन, नागरिकको सेवा, विपद् प्रकोपमा परेकाहरुको उद्वार, कोभिड-१९ महामारी व्यवस्थापनका साथै राजस्व चुहावट नियन्त्रण लगायतका जिम्मेवारीमा सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेका कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले २२६ वटा बिओपीहरु स्थापना गरी डेडिकेटेड फोर्सको रुपमा खटिरहेको र भविष्यमा बिओपीको संख्या ५०० पु¥याउने नेपाल सरकारको लक्ष्य रहेको बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपाललाई जनशक्ति एवं श्रोत साधन सम्पन्न बनाउन नेपाल सरकारको तर्फबाट प्रतिवद्धता जनाउँदै थप व्यवसायीक¸अनुशासीत¸ इमान्दार र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो । माननीय गृहमन्त्री खाणले दिक्षित अधिकृतहरुलाई तालिमबाट प्राप्त फौजी ज्ञान, कला कौशलको उच्चतम प्रयोग गर्दै ईमान्दार र पूर्ण व्यवसायिक भई मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा राज्य र नागरिकले सोचे र खोजे जस्तो सेवा प्रवाहमा निर्भिकताकासाथ उच्च जिम्मेवारी बोध गर्दै कार्यसम्पादनमा जुट्न समेत निर्देशन दिनुभयो । उहाँले शान्ति सुरक्षा वहाली राज्यको प्रमुख दायित्व रहेको उल्लेख गर्नुहुँदै कार्यसम्पादनको क्रममा सम्वद्ध अन्य निकायहरुसँग समेत समन्वय र सहकार्य गर्दै नेपाल सरकारले लिएको लक्ष्य प्राप्तीमा सबैले आ-आफ्नो ठाउँबाट ईमान्दारिताकासाथ काम गर्नुपर्ने बताउनुभयो । धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सिमित श्रोत साधनका बावजुद पनि सीमा नाका, नेपाल ए.पि.एफ. अस्पताल लगायत देशका विभिन्नि स्थानमा रातोदिन तैनाथ रही घाम पानी र भोक तिर्खा नभनी सशस्त्र प्रहरी बल, नेपालका चिकित्सक, स्वास्थ्यकर्मी एवं राष्ट्रसेवक कर्मचारीहरुले सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण, विपद्जन्य घट्नामा पिडितको उद्दार तथा राहत वितरण लगायत हाल विद्यमान कोभिड-१९ महामारीको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा निरन्तर कृयाशील रहेको बताउनुहुदै आगामी दिनमा थप व्यवसायीक भएर तन, मन, वचन र कर्मका साथ देश र नागरिकको सेवामा समर्पीत रहनुपर्ने बताउनुभयो। महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल जस्तो सुरक्षा निकायमा आवद्ध भई राष्ट्र सेवामा लाग्न आफ्ना सन्ततीलाई अभिप्रेरित गर्नुहुने सम्पूर्ण अभिभावकहरुप्रति समेत हार्दिक आभार प्रकट गर्नुभयो । गत साल भदौ २२ गतेबाट संचालन भएको उक्त तालिम २० जना महिला सहित कुल ६१ जना सशस्त्र प्रहरी सहायक निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् । उक्त तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक विरेन्द्र प्रसाद जोशी र कवाज तथा चाँदमारीतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषी महत उत्कृष्ट भएका छन् । दिक्षान्त समारोहमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश प्रसाद अधिकारी लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको सहभागीता रहेको थियो ।
2078-04-24
APF News
सशस्त्र प्रहरीद्धारा सालको गोलिया काठ बरामद
काठमाडौं, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ भदुई जंगलबाट साउन २१ गते सशस्त्र प्रहरीले करीव १ लाख ८ हजार रुपैयाँ बराबरको ३१ क्यूफिट सिसौको काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव-डिभिजन वन कार्यालय ठाकुपुरामा बुझाईएको छ । यसैगरी बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका २ जमुनि ईलाकाबाट साउन २१ गते सशस्त्र प्रहरीले करिब ५९ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको उल्लेखित मुल्य बरारबको करीव २३ क्युफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ डिभिजन कार्यालय बाँसगढी बर्दियामा बुझाईएको छ ।
2078-04-21
APF News
श्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ भन्सार मेनगेट ईलाकाबाट साउन २० गते सशस्त्र प्रहरीले ८ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पुर्वी चम्पारण मोतिहारी घर बताउने ३२ वर्षिय आजाद मिया छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका मियालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि उक्त रुपैयाँसहित फक्राउ गरिएको हो । पक्राउ परेका मियालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-04-21
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन :–

काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय
लामापाटन पोखरामा संचालित सि।सं। १४ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक
आधारभूत तालिम समापन भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही शिक्षालयमा साउन १९
गते एक कार्यक्रमका बीच उक्त तालिमकोे समापन गर्नुभएको हो ।
महानिरीक्षक खनालले तालिमका उत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक
निरीक्षक प्रेमबहादुर थापालाई पुरस्कार तथा तालिम सफलतापूर्वक सम्पन्न
गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
        उहाँले दिक्षान्त समारोहलाई सम्बोधनका क्रममा संगठनलाई राष्ट्रको एक
अब्बल सुरक्षा निकायको रुपमा स्थापना गर्न योगदान पुर्‍याउने अवकाश प्राप्त
एवं वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु प्रति आभार प्रकट गर्नुहुँदै
विपद् व्यवस्थापन, सीमा सुरक्षा तथा शान्ति सुरक्षा अमनचयन कार्यमा
तल्लीन रहि अपराध मुक्त समाज र विकास निर्माणको आधार बनाउन पुर्‍याएको
योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
        महानिरीक्षक खनालले गौरवशाली संगठन बनाउनको लागि अग्रज बीर सपुतले
बगाएको रगत र पसिनाको उच्च कदर र स्मरण गर्नुहुँदै उहाँहरुले चालेका
राम्रा कदमहरुलाई निरन्तरता दिदै संगठनलाई थप व्यवसायिक, आधुनिकीकरण र
सेवा विशिष्टिकरण गर्दै लगिने बताउनुभयो ।
        उहाँले कमाण्डर तहका अधिकृतहरुले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई
अभिभावकत्व प्रदान गर्दै आफु नैतिकवान, ईमान्दार, अनुशासित र
कर्तव्यनिष्ठ भई आम जनाताप्रती सुरक्षाको प्रत्याभूती तथा विश्वासको
वातावरण बनाउनु पर्ने बताउनुहुँदै उच्च मनोवलकासाथ कार्यक्षेत्रमा खटिन
निर्देशन दिनुभयो ।
        महानिरीक्षक खनालले राष्ट्र र संगठनको जिम्मेवारीको सिलसिलामा आफ्नो
प्राणको आहुती दिने सशस्त्र प्रहरी महानिरीक्षक स्व। कृष्णमोहन श्रेष्ठ
लगायत अमर सशस्त्र प्रहरी कर्मचारीहरुको स्मरण गर्नुहुँदै कर्तव्य
पालनाको सिलसिलमा घाईते भई अंगभंग भएका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र
प्रहरी कर्मचारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।
        देश र जनतालाई सधैं शिरमा राखेर नेपाल सरकारको नीति निर्देशन बमोजिम
प्राप्त जिम्मेवारीका क्षेत्रमा निरन्तर लाग्न समेत निर्देशन दिनुहुँदै
आफ्ना सन्ततीलाई राष्ट्रसेवामा प्रेरित गर्ने अभिभावकहरुप्रति समेत उच्च
सम्मान प्रकट गर्नुभयो ।
        गत साल भदौ २२ गतेबाट संचालन भएको उक्त तालिम ७६ जना सशस्त्र प्रहरी
सहायक निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् ।
        कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय सशस्त्र प्रहरी बल
प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव
महानिरीक्षक खड्ग बहादुर राई, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुख्यालय
मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक
नारायणदत्त पौडेल, नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान
विभागका उच्च अधिकृत लगायत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको
थियो ।

2078-04-19