Toggle Menu

समाचार

APF News
९ किलोग्राम चरेससहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट फागुन १० गते सशस्त्र प्रहरीले ९ किलोग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी फुलवारीले रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका-५ बस्ने ४४ बर्षिय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाँउपालिका-१ बस्ने ३९ बर्षिया पुनम पुन र ४१ बर्षिया दिलमाया पुनलाई नियन्त्रणमा लिएको हो । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँग गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकाहरुलाई बरामद चरेससहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ ।
2079-11-10
APF News
स्ट्रिप्स नक्सा सम्वन्धि प्राविधिक विषय तथा अध्ययन अभिमुखीकरण तालिम संचालन
काठमाण्डौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भु, काठमाण्डौमा फागुन १० गतेदेखि तीन दिने ‘स्ट्रिप्स नक्सा सम्वन्धि प्राविधिक विषय तथा नक्सा अध्ययन अभिमुखीकरण तालिम’ संचालन भएको छ । नापी विभागसँगको समन्वय र सहकार्यमा संचालन भएको उक्त तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालले एक कार्यक्रमकावीच उद्घाटन गर्नुभयो । नेपाल भारत सीमा सम्वन्धि स्ट्रिप्स नक्सा सशस्त्र प्रहरी बल नेपाललाई उपलव्ध गराउने र सो नक्सा सम्बन्धमा सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुलाई प्रशिक्षण गराउने सम्बन्धी भएको सम्झौता अनुसार उक्त अभिमुखीकरण तालिम संचालन गरिएको हो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक संचालन भएको यस तालिमले सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुलाई सीमा सुरक्षा, सीमा व्यवस्थापन र नक्साको सही प्रयोगमा सहायक सिद्ध हुने विश्वास व्यक्त गर्नुहुँदै सीमा सम्बन्धमा संगठन र राज्यले लिएको लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नापी विभागका दक्ष र विज्ञ प्रशिक्षकहरुद्वारा प्रदान गरिने उक्त प्रशिक्षण कार्यको लागि धन्यवाद व्यक्त गर्नुहुँदै उहाँले यस तालिमले सीमा क्षेत्रमा आईपर्ने समस्या, समकक्षीहरुसँको सम्बन्ध र समन्वय, स्ट्रिप्स नक्सा प्रयोग सम्वन्धि आईपर्ने सैद्धान्तिक तथा व्यवहारिक समस्याहरुलाई समाधान गर्न सहज बनाउने बताउनुभयो । उक्त अभिमुखिकरण तालिममा सशस्त्र प्रहरी बल नेपालका २६ जना अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।
2079-11-10
APF News
सशस्त्र प्रहरीद्वारा गाँजासहित व्यक्ति नियन्त्रणमा
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका ९ लक्ष्मिनियास्थित लाल बकैया खोलाको बाँध ईलाकाबाट फागुन ७ गते सशस्त्र प्रहरीले पाँच के.जी. गाँजा, स्प्रिङ तराजु र एक थान मोवाइल सेटसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मिनियाले सोही जिल्लाको कटहरिया नगरपालिका १ बस्ने विकास दासलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा उनले झोलामा राखेर ल्याउँदै गरेको अवस्थामा उल्लेखित परिमाणको गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका दासलाई बरामद गाँजा, तराजु र मोवाइल सेटसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लक्ष्मिनियामा बुझाइएको छ ।
2079-11-10
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदानः–
नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका ४ जना मध्ये ३ जना बरिष्ठ अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा फागुन ८ गते आयोजित एक समारोहका बीच दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । दज्र्यानी चिन्हबाट शुसोभित हुनुहुने बरिष्ठ अधिकृतहरुमा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापा हुनुहुन्छ । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आवद्ध भएपछि पदोन्नती महत्वपूर्ण रहने उल्लेख गर्नुहुँदै बढुवासंगै बढेको पदिय जिम्मेवारीलाई अझबढि उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमितता लगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरेपनि क्षम्य नहुने उल्लेख गर्नुहुँदै समाजका सवै तहले कामको मुल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भई समर्पित रहन निर्देशन दिनुभयो । उहाँले बढुवा भएका अधिकृतहरुलाई ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा थप जिम्मेवारी दिईएको बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपालमा पहिलो व्याचको रुपमा नयाँ भर्ना भएका अधिकृतहरु पदोन्नती भएकोले यो एउटा ऐतिहासिक पदोन्नती भएको उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जहाँ जुन जिम्मेवारीमा रहेपनि त्यहाँ संगठनसंग सम्बन्धित हरेक पक्षहरुमा पथ प्रदर्शक र रोलमोडल बन्नु पर्ने उल्लेख गर्नुहुँदै संगठनले बिभिन्न पक्षहरुमा सुधारको योजनाहरु अघि सारेको र यस्ता योजनाहरु प्रभावकारी रुपमा गराउन सकल दर्जाका राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो । उहाँले संगठनलाई सेवा, सुरक्षा, सहयोग र उद्धार जस्ता कार्यहरुको माध्यमबाट सशक्त सुरक्षा संगठनको रुपमा उभ्याउन सवैले आ-आफ्नो तह र तप्काबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुहँुदै आफ्नो पेशागत जिम्मेवारी र संगठनप्रति पूर्ण निष्ठावान भई अनुशासित र ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा अब्बल रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकश गौतम र बंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत र बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।
2079-11-08
APF News
सैनिक कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत अधिकृतहरूबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण
काठमाडौं, नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित सि.सं. २९ कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत ९२ जना प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको फागुन ०५ गते अवलोकन भ्रमण गर्नुभएको छ । महासेनानी भिम शंकर वनको नेतृत्वमा अवलोकन भ्रमणमा आएका प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी बल नेपालको सङ्ग्राहलय र विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्रीहरुको अवलोकन गर्नुभएको थियो । अवलोकन भ्रमणको क्रममा उहाँहरुलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बिष्णु प्रसाद भट्टले सशस्त्र प्रहरी बल नेपालको परिचय, विकासक्रम, काम कर्तव्य र अधिकार, वर्तमान अवस्थामा सशस्त्र प्रहरी बल नेपालको परिचालन लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, नेपाली सेनाबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सहयोग र सहकार्यका क्षेत्रहरु, आन्तरिक सुरक्षा चुनौतीहरु, समस्या एवं भावि कार्यदिशा लगायतका विषयमा अन्तरक्रिया गर्नुभएको थियो । अवलोकन भ्रमण कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्रीले मायाको चिनो प्रदान गर्नुभएको थियो । उक्त कोर्समा अमेरिका, बेलायत, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, केन्या र नाईजेरीया लगायत नेपालबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूको समेत सहभागिता रहेको छ ।
2079-11-05
APF News
गाँजासहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा
सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ७ स्थित देवानगंज पुल नजिकबाट फागुन ०४ गते राति सशस्त्र प्रहरीले करीब २८ के.जी.गाँजा र ट्रयाक्टरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपि घुस्की सुनसरीले सोही जिल्लाको दुहबि नगरपालिका ४ बस्ने २० बर्षिय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले दुहबिबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको ट्रयाक्टरमा शंका लागी जाँच गर्दा ट्रयाक्टरको ट्रालीमुनि फल्सबटम बनाई लुकाई छिपाई ल्याउँदै गरेको ३ वटा बोराभित्र १४ पोकामा उल्लेखित परिमाणको गाँजा फेला परेको हो । नियन्त्रणमा लिईएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा बुझाएको छ ।
2079-11-05
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७९’मा सहभागी भई विभिन्न विधामा स्वर्ण पदक जित्न सफल नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा फागुन ३ गते आयोजित समारोहमा सो प्रतियोगितामा स्वर्ण पदक, रजत तथा कास्य पदक विजेता नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रशिक्षक, व्यवस्थापक तथा नेपाल एपीएफ क्लबलाई सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई समेत सम्मान गर्नुभएको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र बंशीराज दाहालले रजत तथा कास्य पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्नुभयो । गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानहरुमा संचालन भएको उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ काँस्य गरी कुल २ सय १९ पदक सहित दोश्रो स्थान हासिल गरेको थियो । कूल ३६ खेल विधा समावेश गरिएको उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपीएफ क्लबबाट ३१ खेल विधामा ५ सय ४९ जना खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त समारोहमा सो प्रतियोगितामा व्यक्तिगत खेलतर्फ पदक विजेता खेलाडीलाई जनही तथा सामुहिक खेलतर्फ दुई वा दुई भन्दाबढि विधातर्फ सहभागी भई पदक विजेता टिमका टिम क्याप्टेनलाई नगद पुरस्कारसहित सम्मानपत्र समेत प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले त्यसअवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरुले खेलाडीहरुको ज्ञान, सिप र क्षमताको संगठनले उच्च उल्यांकन गरेको बताउनुहुँदै उहाँले आगामी दिनमा समेत खेलाडीहरुले उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल एपीएफ क्लबबाट सहभागी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट खेल प्रदर्शन गरेवापत सशस्त्र प्रहरी बल नेपालले गत माघ ९ गते सशस्त्र प्रहरी दिवसको अवसर पारेर पहिलो पटक १६ जना खेलाडीहरुलाई एक तह बढुवा गर्दै दज्र्यानी चिन्ह प्रदान गरेको थियो । उहाँले खेलाडीहरुले प्राप्त गरेको सफलतालाई कायम राख्दै अझै राम्रो र उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिनुहुँदै आगामी दिनमा नेपाल एपीएफ क्लबलाई थप विकास गर्दै लैजाने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले क्लबमा आवद्ध सम्पूर्ण खेलाडी तथा क्लबलाई सहयोग पुर्‍याउने संघसंस्था र महानुभावहरुप्रति आभार समेत व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र वंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, सिनियर अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
2079-11-03
APF News
सशस्त्र प्रहरीद्वारा गाँजा र गाडीसहित व्यक्ति नियन्त्रणमा
मकवानपुर जिल्लाको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट फागुन १ गते राति सशस्त्र प्रहरीले करीब १ सय ५८ के.जी.गाँजा र गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले सोही जिल्लाको थाहा नगरपालिका ३ बस्ने बिशाल गोपालीलाई गाँजा र गाडीसहित नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ना ६ ख ४५२० नम्बरको गाडीमा जाँच गर्दा गाडीको क्याविनमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको थियो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गोपालीलाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाएको छ ।
2079-11-02
APF News
श्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीको नियन्त्रणमा :-
सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगंजले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित माघ २९ गते एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट सोही महानगरपालिका १६ ईनर्वा बस्ने २५ बर्षिय प्रवेश कुमारलाई नियन्त्रणमा लिएको हो । बिआर ०५ एभी ३४७७ नम्बरको मोटरसाईलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनले हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिर्ईएको हो । सशस्त्र प्रहरीले उनको साथबाट १ हजार दरको ७ सय ५० वटा र १ सय दरको ५ सय वटा नोट फेला पारेको छ । उनलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
2079-10-29
APF News
१८ लाख नेपाली रुपैयाँसहित दुई जना नियन्त्रणमाः-
हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बीरगंज रक्सौला सडकखण्डबाट माघ २५ गते दुई जनालाई नियन्त्रणमा लिएको छ । भारत घर बताउने २६ वर्षिय राकेश कुमार र २७ वर्षिय प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया कमाण्डको टोलीले उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको हो । भातरीय नम्बर प्लेटको दुई वटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँ समेत फेला परेका थियो । साथै फेला पारिएको नेपाली रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यायल पर्सामा बुझाईएको छ ।
2079-10-25