Toggle Menu

समाचार

APF News
भुकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा फौज परिचालन तथा उद्धार

       जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ स्थित रामीडाँडा केन्द्रविन्दु
बनाई गएराती गएको भुकम्पमा परेकाहरुको खोज तथा उद्धारको लागि जाजरकोट र
पश्चिम रुकुममा मेडिकल सामाग्री तथा विपद् व्यवस्थापन तालिम प्राप्त
टोलीसहित करीव ५ सय जना सशस्त्र प्रहरी बलको सुरक्षा फौज परिचालन गरिएको
छ ।
        हालसम्म भुकम्पमा परी जाजरकोटमा १ सय ५ र पश्चिम रुकुममा ५२ जना गरी १
सय ५७ जनाको मृत्यु भएको छ । त्यस्तै जाजरकोट र पश्चिम रुकुममा भुकम्पमा
परेका १ सय ९० जना भन्दा बढिको उद्धार गरिएको छ । भुकम्पमा परेकाहरुको
खोज तथा उद्धारको लागि सम्बन्धित जिल्ला तथा अन्य जिल्लाहरुबाट समेत
सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।
        जाजरकोट जिल्लामा सशस्त्र प्रहरी बल नेपाल नंं. ६ महेश्वरी बाहिनी
मुख्यालय सुर्खेतबाट प्रा.सशस्त्र प्रहरी निरीक्षक डा.निश्चल घिमिरेको
कमाण्डमा ७ जना एम्बुलेन्ससहितको मेडिकल टोली, नं. ३२ रक्तकाली गण
सुर्खेतबाट ८५ जना, नं. ४२ रिजर्भ गण बाँकेबाट विपद् व्यवस्थापन तालिम
प्राप्तसहित ६० जना, आश्रित गुल्म जाजरकोटबाट ७५ जना र आश्रित गुल्म
दैलेखबाट ३५ जना गरी जम्मा २ सय ६२ जना सशस्त्र प्रहरी बलको सुरक्षा फौज
आवश्यक उद्धार सामाग्रीसहित खटिएको छ ।
        त्यस्तै पश्चिम रुकुममा नेपाल एपीएफ अस्पतालबाट प्रा.सशस्त्र प्रहरी
नायव उपरीक्षक डा.रोशन पराजुलीसहित ९ जना, नं. २९ ज्वालामाई गण दाङ्गबाट
४० जना, नं. ४७ गुल्म पश्चिम रुकुमबाट १ सय ७ जना, आश्रित गुल्म पूर्वी
रुकुमबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित ३० जना र आश्रित गुल्म
सल्यानबाट ५५ जना समेत जम्मा २ सय २१ जना गरी भुकम्प प्रभावित क्षेत्रमा
करीव ५ सय सशस्त्र प्रहरी बलको सुरक्षा फौज परिचालन भएका छन् ।
        सशस्त्र प्रहरी बल नेपालको डिजास्टर रेस्पोन्स सिस्टम (DRS) कन्टेनर
दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि पठाई सकिएको छ भने
सशस्त्र प्रहरी बल नेपालको Mass Casualty Vehicle (MCV) काठमाडौं,
नेपालगंज र सुर्खेतमा तयारी हालतमा राखिएको छ । नेपालगंजमा रहेको MCV ले
घाईतेहरुलाई अस्पताल पुर्‍याएको थियो ।
        भुकम्पमा परी घाईतेहरु भर्ना गरिएका अस्पताल नजिकका युनिटहरुमा सशस्त्र
प्रहरी बल नेपालको फौज रक्तदानको लागि तयारी हालतमा राखिएको छ ।
         सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरुमा विपद् उद्धारका दक्ष
जनशक्ति समेत परिचालन गरेको छ भने खोज तथा उद्धारको लागि नेपाल एपीएफ
अस्पताल तथा उपत्यका स्थित नं. २० विपद् उद्धार उपत्यका गण, नं. २१
निलवाराही गण, नं. २२ गुहेश्वरी गण, नं. २६ गण पश्चिम नवलपरासी, नं. २९
ज्वालामाई गण दाङ्ग, नं. ४१ रिभर्ज गण कपिलवस्तु, नं. ३० बागेश्वरी गण
बाँके, नं. ३१ गण बर्दिया, नं. ३४ गण कैलाली र नं. ३५ गण कञ्चनपुरबाट
जम्मा ५ सय ६८ जना सशस्त्र प्रहरी बलको विशेष सुरक्षा फौज तयारी अवस्थामा
राखिएको छ । जसमा विपद् व्यवस्थापन तालिम प्राप्त १ सय २०,  मेडिकल टिम
१६ जना, फायरफाईटिङ्ग १० जना समेत रहेका छन् ।

2080-07-18
APF News
सशस्त्र प्रहरी बल नेपालद्वारा नेपाल भारत सीमा स्तम्भको मर्मत कार्यको शुरुवात

        सशस्त्र प्रहरी बल नेपालले नेपाल भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन
कार्यको शुरुवात गरेको छ । मर्मतको शुरुवात बिहिबार मधेश प्रदेशस्थित
सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र
प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहको उपस्थितीमा धनुषास्थित नेपाल
भारत दशगजामा रहेको सीमा स्तम्भबाट गरिएको हो ।
        सीमा स्तम्भ मर्मतको शुरुवात गर्नुहुँदै नायव महानिरीक्षक शाहले दुरुस्त
अवस्थाको सीमा स्तम्भले सीमा सुरक्षाको जिम्मेवारी प्राप्त सशस्त्र
प्रहरी बल नेपाललाई थप प्रभावकारी रुपमा सीमाको सुरक्षा गर्न सहज हुने र
यसले सीमाको सुरक्षामात्र नभई सीमा अपराध नियन्त्रण गर्नका साथै दुई देश
बीचको सम्वन्ध थप मजवुद बनाउन योगदान पुर्या उने समेत वताउनुभयो ।
        उहाँले नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई मर्मत कार्यको
जिम्मेवारी प्राप्त भई सकेकाले आगामी दिनहरुमा निरन्तर रुपमा मर्मत कार्य
सुचार रहने र मर्मतका क्रममा स्थानीय जनसमुदाय तथा जनप्रतिनिधिहरुको
सहयोग अपरिहार्य रहेको समेत बताउनु भयो ।
        उहाँले सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रका नागरिकको सहयोग
बिना प्रभावकारी रुपमा सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण गर्न
असम्भव रहेको महशुस गरी सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम शुरु
गरिसकेको र सोहि अन्तर्गत गत कार्तिक १ गते छिन्नमस्ता बाहिनी महोत्तरीमा
मधेश प्रदेशको भारतसंग जोडिएका १ सय ४३ वडाका अधिकांस वडा अध्यक्षहरुसंग
अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको र उक्त अवसरमा प्राप्त सुझावहरुलाई
कार्यान्वयन गर्ने चरणमा रहेको समेत जानकारी गराउनु भएको थियो ।
        नेपाल भारत Boundary Working Group (BWG) को पाचौँ बैठकमा सन् २०१४
पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बरको सीमा
स्तम्भहरु भारतीय सशस्त्र सीमा बल (SSB) ले सशस्त्र प्रहरी बल नेपालको
उपस्थितीमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने
निर्णय भएको थियो ।
        नेपाल सरकार मन्त्री परिषद्को २०७७ साउन १९ गतेको निर्णय अनुसार सन्
२०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरु सशस्त्र
प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भए बमोजिम
मर्मतको कार्य शुरु गरिएको हो । पहिलो चरणमा मधेश प्रदेशमा रहेका १ हजार
भन्दा बढि सीमा स्तम्भहरुको मर्मत हुनेछन् ।
        सो कार्यक्रममा धनुषास्थित नगराइन नगरपालिकाका प्रमुख विनय कुमार यादव,
मुखियापट्टि  मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, भारतीय
सशस्त्र सीमा बलका डिपुटी कमाण्डेन्ट सन्तोष कुमार निमोरिया, नापी
विभागका अधिकृत लगायत जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा स्थानीय
भद्रभाद्मीहरुको समेत उपस्थिती रहेको थियो ।
        यसैगरी आजैबाट मधेश प्रदेशका सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सा
जिल्लाहरुमा समेत सीमा स्तम्भहरुको मर्मत कार्य शुरु गरिएको छ ।

2080-07-16
APF News
प्रतिबन्धित नोट र सामानसहित तीन भुटानी नियन्त्रणमा

        इलाम जिल्लाको सुर्योदय नगरपालिका २ चारमाईल स्थित दशगजा ईलाकाबाट
कार्तिक १३ गते सशस्त्र प्रहरीले प्रतिबन्धित नोट तथा सामानसहित तीन जना
भुटानी नागरिकलाई नियन्त्रणमा लिएको छ ।
        नियन्त्रणमा लिइएकाहरु भुटान घर बताउने ४५ वर्षिय धन कुमार राई, ४४
वर्षिय फौदसिंह राई र २५ वर्षिय विशाल राई छन् ।
        भुटानबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका उनीहरुको साथमा
प्रतिबन्धित नोट तथा अन्य सामान फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल
प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट ४ लाख २५ हजार ७ सय १० रुपैयाँ बराबरको भारतीय नोट, ३
हजार ७ सय ५६ रुपैयाँ बराबरको भुटानी नोट र नेपाली १ सय ८० रुपैयाँ समेत
बरामद भएको छ ।
        नियन्त्रणमा लिइएकाहरुलाई प्रतिबन्धित नोट तथा सामानसहित आवश्यक
अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।

2080-07-15
APF News
बिल बिजक नभएको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा

       रौतहट जिल्लाको राजपुर नगरपालिका २ फतुहाबाट कार्तिक १४ गते करीव २ लाख
१६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित मोटरसाईकल
नियन्त्रणमा लिइएको छ ।
        भारतबाट अवैध रुपले बीआर ०५ एल ३५९० नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ
ल्याउँदै गरेको लत्ताकपडा बिल बिजक फेला नपरेपछि नं. ११ गण रौतहटले
नियन्त्रणमा लिएको हो ।
        यसैगरी सोही जिल्लाको यमुनामाई गाउँपालिका ४ बमनहर ईलाकाबाट कार्तिक १३
गते करीब १ लाख ३२ हजार रुपैयाँ बराबरको लत्ताकपडा समेत बरामद गरेको छ ।
        बिलबिजक नभएको उल्लेखित मुल्यको लत्ताकपडा सुरक्षा बेश फतुहाले बरामद
गरेको हो । बरामद लत्ताकपडा तथा मोटरसाईकल गौर भन्सार कार्यालय रौतहटमा
बुझाईएको छ ।

2080-07-14
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट टिका तथा प्रसाद प्रदान 

        वडा दशै २०८० को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज
९ गते सशस्त्र प्रहरी कर्मचारीहरुलाई टिका तथा प्रसाद प्रदान गर्नुभएको छ

        वडा दशैको अवसरमा अयोजना गरिएको कार्यक्रममा सशस्त्र प्रहरी परिवार
महिला संघकी अध्यक्ष तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु र महिला
संघका उपाध्यक्षहरुले समेत सोही अवसरमा टिका तथा प्रसाद प्रदान गर्नुभएको
थियो ।
        कार्यक्रममा उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालका वहालवाला तथा अवकाश
प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

2080-07-09
APF News
सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न

बडादशैंको अवसरमा आज महानवमीको दिन सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ बगलामुखी बिशेष कार्यदल  गण  हल्चोक स्वयम्भूमा आयोजित विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको हो ।  

  निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत तथा बिल्लादार जवानहरुबाट पुजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो । 

सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच बिहान ७ बजेर २१ मिनेटको पुजाको संकल्प साइतमा सुरु गरिएको निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाउनुभएको थियो ।

पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको अवसरमा हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

2080-07-06
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट विजया दशमी, शुभ दिपावली, नेपाल संवत् तथा छठपर्वको अवसरमा शुभकामना व्यक्त

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालीहरुको महान चाड विजयादशमी र नजिकिदै गरेको शुभ दिपावली, नेपाल संवत् ११४४ र छठपर्व को अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।
उहाँले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट कार्तिक ३ गते शुभकामना दिनुहुँदै संगठनको गर्विलो इतिहासलाई कायम राख्न राज्यले सुम्पिएका जिम्मेवारीहरुलाई त्रुटिरहित ढंगबाट निर्वाह गरी पूर्व मेचीदेखि पश्चिम महाकाली, तराईको गर्मीदेखि उच्च पहाड तथा हिमालको चिसो अनि बिभिन्न शान्ति मिसनमा रहेर अहोरात्र जनताको सुरक्षा, सेवा, सहयोग र उद्धार कार्यमा निरन्तर परिचालित सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले राष्ट्र र जनताको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणको आहुति दिएका अमर सशस्त्र प्रहरीको त्याग तथा योगदान र आफ्ना जीवनका उर्जाशील समय खर्चगरी अहम् भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण पूर्वज सशस्त्र प्रहरी कर्मचारीहरुको स्मरण गर्नुुहुँदै जिम्मेवारी निर्वाहको क्रममा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडपर्वको समयमा समेत नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद विपद्मा परेकाहरुको उद्धारमा थप जोश, जाँगर, हौसला र वफादारिताका साथ परिचालित हुन सकल दर्जाका सशस्त्र प्रहरी राष्ट्रसेवकहरुलाई निर्देशन समेत दिनुभयो ।
उहाँले संगठन तथा सकल दर्जाको बृहत्तर हित र विकासका लागि विभिन्न योजनाहरु तयार गरी कार्यान्वयमा ल्याइए पश्चात सकारात्मक प्रभाव र परिणामहरु अनुभूत भएको उल्लेख गर्नुहुँदै नयाँ ‘संगठन तथा व्यवस्थापन’ सर्वेक्षण भएपश्चात लामो समयसम्म एउटै दर्जामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै ६ हजार ५ सय भन्दा बढी जनशक्तिको पदोन्नती सम्पन्न भइसकेको र खाली पदहरुमा बढुवा गर्ने क्रममा जारी नै रहेको बताउनुभयो ।
महानिरीक्षक अर्यालले राष्ट्रसेवकहरुको मनोबललाई उच्च बनाई राख्न न्यूनतम आवश्यकताहरुको स्तरोन्नती, विभिन्न कल्याणकारी योजनाहरुमा थप बृद्धि, अस्पतालहरुको स्तरोन्नती, सबै प्रदेशहरुमा सशस्त्र प्रहरी बिद्यालय विस्तार गर्न समिति गठनलगायतका सुधारात्मक कार्यहरुलाई निरन्तरता दिँदै लगिने बताउनुभयो ।
उहाँले चाडपर्वका वेला सजकताकासाथ अझ बढी सक्रिय भई परिचालन हुनुपर्ने बताउनुहुँदै आमजनतामा सुशासनको प्रत्याभूति हुने गरी पूर्ण व्यवसायीक र नैतिकवान भई प्राप्त जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो ।
महानिरीक्षक अर्यालले चाडपर्वको बेला स्वदेश तथा विदेशमा आवतजावत गर्ने नागरिकको सहयोग तथा सुरक्षाका लागि देशका विभिन्न नाकाहरुमा आवश्यकता अनुसार सहायता कक्ष स्थापना भइसकेको र सहायता कक्षहरुमा कार्यरत राष्ट्रसेवकहरुले समकक्षी सुरक्षा निकायसँग समन्वय गरी आम नागरिकमा आईपर्न सक्ने कठिनाई समाधान गर्नका लागि प्रभावकारी ढंगबाट परिचालित हुन निर्देशन दिनुभयो ।  
उक्त शुभकामना सन्देश देशभर रहेका सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारणद्वारा हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो ।
यसैगरी बडाखाना कार्यक्रममा महानिरीक्षक अर्यालले मित्रराष्ट्र चीनको हाङ्गझाओमा सम्पन्न भएको १९औं एशियाली खेलकुद प्रतियोगिता उत्कृष्ट प्रदर्शन गर्ने नेपाल एपीएफ क्लवका खेलाडीहरु तथा  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिले आयोजना गरेको ‘आठौँ राष्ट्रिय लोक दोहोरी अवार्ड–२०८०’ विजेता नरेश ए.मसी. लगायतका कलाकारहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत तथा अधिकृत एवं विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

2080-07-03
APF News
सीमावर्ती वडाका वडाध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम

बडा दशैंलगायतका चाडपर्वहरुको पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत तथा नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा जोडिएका सीमावर्ती वडाका वडाध्यक्षहरुसँग शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।  
‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सुरुवात गरी सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती वडाका वडाध्यक्षहरुसँग कार्तिक १ गते शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम संचालन गरेको हो । प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालको बाहिनी मुख्यालयहरुमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बदलिदो सुरक्षा परिवेशमा सीमा सुरक्षा तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र सम्भाव्यता सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय तह, सीमावर्ती अपराध तथा गैह्र कानूनी क्रियाकलापहरुलाई नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचानलगायत सीमावर्ती ईलाकाका समुदाय तथा बासिन्दासँग निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायहरुको खोजी र कार्यान्वय गर्ने सम्बन्धमा छलफल भएको थियो ।
यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको उपस्थितिमा मधेश प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सम्पन्न कार्यक्रममा सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, सिमावर्ती ईलाकाका सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुलगायत सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।
अतिरिक्त महानिरीक्षक दाहालले सीमा क्षेत्रका जनप्रतिनिधिहरुले भोग्नुपरेको समस्या र सीमानामा भएका समस्याहरु बारेमा जानकारी लिनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।  
कार्यक्रममा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले सशस्त्र प्रहरी बल, नेपालको औचित्यता प्रष्ट पार्नुहुँदै राज्यद्वारा प्रद्धत्त कार्यादेश मध्ये देशको अन्तर्राष्ट्रिय सीमानाको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।
यसैगरी कोशी प्रदेशस्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोख्रेल, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक लक्ष्मणबहादुर सिंह, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौबजी, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्री र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको उपस्थितिमा सीमावर्ती वडाका वडाध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।  
कोशी प्रदेशको भारत र चीनसँग सीमा जोडिएको ८३, मधेश प्रदेशको १ सय ४३,  बाग्मती प्रदेशको २३, गण्डकी प्रदेशको १८, लुम्बिनी प्रदेशको ८९ र सुदूरपश्चिम प्रदेशको ७६ वटा वडाका अधिकांश वडाअध्यक्षहरु उपस्थिती रहेको थियो । गण्डकी प्रदेशको मुस्ताङ, मनाङ र गोर्खाका सीमा जोडिएका वडाका वडाध्यक्षहरुसँग प्रत्यक्ष भिडियो मार्फत अन्तरक्रिया गरिएको थियो भने कर्णाली प्रदेशस्थित सीमावर्ती वडाका वडाध्यक्षहरुसँग निकट भविष्यमा अन्तरक्रिया कार्यक्रम गरिने योजना रहेको छ ।
सशस्त्र प्रहरी बल, नेपालले अन्तर्राष्ट्रिय सीमा जोडिएका वडाका वडाध्यक्षहरुको संयोजकत्वमा ३ सय २६ वटा सीमा सहजिकरण समिति गठन गरी कार्य प्रारम्भ भईरहेको र यसलाई थप प्रभावकारी बनाउन ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको सुरुवात गरिएको हो ।
कार्यक्रममा उपस्थित वडाका वडाध्यक्षहरुले सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा व्यवस्थापनमा भएका गतिविधिको सराहना गर्नुहुँदै सीमामा देखा परेका समस्या, स्थानीय जनताले भोग्नुपरेका कठिनाईलगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

2080-07-01
APF News
UNPOL Certified Instructors Development Course Job-Specific Training’समापन

            नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST)  को कार्तिक ०२ गते समापन गर्नुभएको छ ।

            महानिरीक्षक कुँवरले तालिम संचालनको लागि सहयोग पुर्‍याउनुहुने संयुक्त राष्ट्र संघको सचिवालय लगायत सम्बन्धित संघसंस्था र निकायहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै यस तालिमले अधिकृतहरुको प्रशिक्षकको रुपमा सिकाउने कला र क्षमतालाई बृद्धि गरेको र भविष्यमा शान्ति मिसनमा खटिने अधिकृतहरुको क्षमता अभिबृद्धि गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

             United Nations Police Division and Integrated Training Service  र The US Department of State Bureau of International Narcotics and Law Enforcement Affairs (INL) को सहकार्यमा सो तालिम संचालन भएको हो । 

            गत असोज १६ गतेबाट संचालन भएको तालिममा बंगलादेश, भुटान, फ्रान्स, भारत, मंगोलिया, नेपाल र श्रीलंका गरी ७ देशका १८ जना प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको छ ।

            कार्यक्रममा बिशिष्ट अतिथि चिप्स अफ एसपीसी एनमेरी ओरर, निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्ग, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

2080-07-01
APF News
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको स्थापना दिवस सम्पन्न

       राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६औं
स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
नारायणदत्त पौडेलकोे प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी
सम्पन्न भएको छ ।
        अतिरिक्त महानिरीक्षक पौडेलले स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य
गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु तथा प्रशिक्षक लगायत प्रतिष्ठानलाई
सहयोग पु¥याउनुहुने विभिन्न संघ संस्थाका महानुभावहरुलाई कदरपत्र,
पुरस्कार र प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
        उहाँले दक्ष जनशक्ति उत्पादन गर्न प्रशिक्षण प्रतिष्ठानको भूमिका
उल्लेखनिय रहेको बताउनुहुँदै समयानुकुल परिमार्जीत पाठ्यक्रम अनुसार
संचालन हुने तालिमहरुमा समेत प्रतिष्ठान अझ बढि सत्रृmयताकासाथ लागिरहने
विश्वास व्यक्त गर्नुभयो ।
        अतिरिक्त महानिरीक्षक पौडेलले विभिन्न आधारभूत तथा उन्नत तालिमहरु
मार्फत पेशागत ज्ञान, सिप र नेतृत्व विकास गरी अधिकृत तथा जवानहरुलाई
संगठनको कार्यादेश बमोजिम सवल र सक्षम बनाउँदै आईरहेको चर्चा गर्नहुँदै
विभिन्न इकाईहरुमा संचालन हुने तालिममा दक्ष प्रशिक्षक उत्पादनमा समेत
प्रशिक्षण प्रतिष्ठानको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
        कार्यक्रममा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी
नायव महानिरीक्षक कमल गिरीले स्थापना दिवस मनाउने कार्यले सशस्त्र प्रहरी
कर्मचारीहरुमा हौसला बृद्धि भएको बताउनुभयो ।
        कार्यक्रममा  स्थानीय जनप्रतिनिधिहरु, बहालवाला तथा भूतपूर्व सशस्त्र
प्रहरी कर्मचारीहरु एवं स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो ।

2080-06-30
APF News
माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको उद्घाटन


        माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र
प्रहरी बल नेपाल प्रधान कार्यालयमा असोज २७ गते दोश्रो पटक आयोजित ‘एक
दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशाला’को उद्घाटन
गर्नुभएको छ ।
        नेपाल सरकार गृह मन्त्रालय र जीवन बिज्ञान प्रतिष्ठानद्वारा
संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवं
गृहमन्त्री श्रेष्ठले योग र ध्यानले मानव जीवन तनावमुक्त बनाई दैनिक
गर्ने कामकारवाहीमा एकाग्रता ल्याई परिणाममुखी बनाउन विशेष सहयोग
पु¥याउने बताउनुभयो ।
        उहाँले नियमित योग र ध्यान अभ्यासले हामीले गर्ने दैनिक कार्यमा
सकारात्मक परिणाम ल्याई सुशासनको अभियानलाई अझ बढी प्रभावकारी बनाउन
विशेष भूमिका निर्वाह गर्ने बताउनुभयो ।
        कार्यक्रममा गृहसचिव दिनेश भट्टराई लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी
र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृत, गृहमन्त्रालयका सहसचिव तथा
गृहमन्त्रालय मातहत पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

2080-06-27
APF News
बाँकेको विभिन्न स्थानबाट चोरीपैठारीको सामान बरामद

बाँकेको विभिन्न स्थानबाट सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण तथा गण मातहत युनिटले करीव १६ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीका विभिन्न सामान बरामद गरेको छ ।
सोही जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट असोज २५ गते भारतबाट अवैध रुपले ल्याउँदै गरेको करीव १० लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरिएको   हो ।
यसैगरी नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट असोज २५ गते करीव ४ लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद भएको छ ।
भारतबाट अवैध रुपले अटो रिक्सामा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा, किराना सामान र सुर्तीजन्य पदार्थ नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो ।
त्यस्तै सोही जिल्लाको नेपालगंज उपमहानगरपालिका १४ पिप्रहवाबाट असोज २५ गते करीव १ लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ ।
भारतबाट अवैध रुपले २ वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाहमा बुझाईएको छ । 

2080-06-27
APF News
विल विजक भन्दा बढी तथा फरक लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा

        पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ स्थित आईसीपी ईलाकाबाट असोज २४
गते सशस्त्र प्रहरीले प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा बढी र फरक सामान
बोकेको लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको छ ।
        विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा
गुल्म अलौले बिरगंजबाट काठमाडौतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको माल
वाहक ट्रक नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको लत्ताकपडाको भन्सार
प्रज्ञापन पत्रमा भने ९८ लाख ३७ हजार ३ सय ६ रुपैयाँ कायम रहेको छ ।
        नियन्त्रणमा लिइएको ट्रक बरामद लत्ताकपडासहित आवश्यक अनुसन्धानको लागि
राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

2080-06-25