Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा सरोकारवालासँग राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सरोकारवालासँग ‘राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया गर्नुभएको छ ।
शुक्रबार पर्सा जिल्लाको विरगंज महानगरपालिका–४ बिर्तास्थित विरगंज उद्योग वाणिज्य संघको सभाहलमा महानिरीक्षक अर्यालले राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण र चोरीपैठारी निकासी नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालको कर्तव्य, जिम्मेवारी र सीमा सुरक्षामा सीमा वासीहरुको सहयोगको बारेमा छलफल गर्नुभएको थियो ।
त्यसैगरी सीमा सुरक्षा बिभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यमा सोही जिल्लाको छिपरमाई गाउँपालिका–५ छोटी भन्सार कार्यालय भिष्वामा नं. १३ गण पर्साको आयोजना तथा प्रभु अस्पताल एण्ड रिसर्च प्रा.ली. विरगंज र सामुदायिक आँखा उपचारकेन्द्र पर्साको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।
 

2080-12-10
APF News
१२‍औँ सहबीर राष्ट्रिय खुल्ला स्मृति लन टेनिस प्रतियोगिताको बिहिबार सम्पन्न फाईनल तथा सेमीफाईनल खेलहरु

नेपाल एपीएफ क्लबको आयोजनामा बिहिबार ‘१२औँ सहबीर राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता, २०८०’ को विभिन्न ईभेन्टका फाईनल तथा सेमीफाईनल खेलहरु सम्पन्न भएका छन् ।
लन टेनिस कोर्ट हल्चोकमा भएको ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा विमल वाईबाले राजु श्रेष्ठलाई २–६, ६–१ र १०–४ ले पराजित गरी उपाधि जितेका छन् । यसैगरी ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा अनिल शाहीले भिष्मजंग गुरुङ्गलाई ६–३ र ६–० ले पराजित गरी उपाधि जितेका छन् ।
यसैगरी ४५ वर्ष भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले पराजित गरी उपाधि जितेका छन् । त्यस्तै ३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फको फाईनल खेलमा ईलुम दिक्षित र जितेन्द्र परियारको जोडिले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडिलाई ४–६, ६–३ र १०–८ ले पराजित गरी उपाधि जितेका छन् ।
यसैगरी पुरुष एकलतर्फको सेमीफाईनल खेलमा प्रदिप खड्काले निशान श्रेष्ठलाई ६–३, र ६–२ ले र रितिक रानाले सक्षम विक्रम शाहलाई ६–३ र ६–३ ले पराजित गरी फाईनल प्रवेश गरेका छन् ।
त्यसैगरी महिला एकलतर्फको सेमीफाईनल खेलमा माहिका राणाले सुभांगीलक्ष्मी शाहलाई ४–६, ६–१ र ६–२ ले पराजित गरी फाईनलमा प्रवेश गरेका छन् ।
त्यस्तै ईन्टर गभरमेन्ट डबलतर्फको सेमीफाईनल खेलमा उत्तम बोगटी र अमित गुरुङ्गको जोडिले प्रेम कुमार शाही र नरेन्द्र कुमार सिंहको जोडिलाई ६–१ र ६–० ले पराजित गरी फाईलनमा प्रवेश गरेका छन् ।

2080-12-08
APF News
नारायणी पुलबाट हाम फालेकी महिलाको अचेत अवस्थामा उद्धार तथा किशोरको शव फेला

चितवन जिल्लाको भरतपुर महानगरपालिका ३ पुलचोकस्थित नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको चैत्र ४ गते अचेत अवस्थामा उद्धार गरिएको छ ।
हामफालेको केही बेरमै उनलाई नं. १७ गण चितवनको आईआरटी टोलीले सिभिल बोटको सहयोगमा उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाएको छ ।
त्यस्तै सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ८ ढोकापुलस्थित सप्तकोशीको चतरा खनार नहरमा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीले चैत्र ४ गते फेला पारेको छ ।
सोही स्थानमा डेरा गरी बस्ने १८ वर्षिय अम्बिराज राई नुहाउने क्रममा उक्त नहरमा डुवेर बेपत्ता भएका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथै नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस दुहवीबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव फेला पारेको हो ।

2080-12-04
APF News
१२औँ सहवीर स्मृति लन टेनिस प्रतियोगिता संचालन हुने

नेपाल एपीएफ क्लवको आयोजनामा चैत्र ४ देखि ९ गतेसम्म ‘‘१२ औँ सहवीर स्मृति लन टेनिस प्रतियोगिता, २०८०’’ संचालन हुने भएको छ । लन टेनिस प्रतियोगिताका सम्पूर्ण खेलहरु  ITF    र  NTA    को नियम अनुसार संचालन हुने र ११ वटा इभेन्ट्सहरु समावेश गरिएको सो प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख २७ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको आवेदन फारम नेपाल एपीएफ क्लव हलचोक, नेपाल टेनिस संघ सातादोवाटो, काठमाडौ जिल्ला टेनिस संघ दशरथ रंगशाला तथा सशस्त्र प्रहरी बल नेपालको वेभसाइट  www.apf.gov.np बाट प्राप्त गर्न सकिने छ । प्रतियोगितामा सहभागी हुनको लागि कम्तीमा १४ बर्ष पुरा भएको हुनुपर्ने र कुनै पनि खेलाडीले २ वटा भन्दा बढि ईभेन्ट्‍मा भाग लिन पाईने छैन । प्रतियोगिता सम्बन्धी कुनै पनि जिज्ञासा तथा जानकारीको लागि सशस्त्र प्रहरी निरीक्षक बिजय कुमार के.सी.को मोवाइल नं. ९८५११६०९०० र टेनिस अफिसियल ईन्द्रकला श्रेष्ठको मोबाईल नं. ९८०५३४१२९४ मा सम्पर्क गर्न सकिने छ ।

2080-12-03