सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
लागूऔषधसहित दुई जना पक्राउ |
झापा, झापा जिल्लाको दमक नगरपालिका ३ बाट सशस्त्र प्रहरीले जेठ २ गते १ ग्राम ४२ मिलिग्राम ब्राउन सुगर र करीव दुई ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भुटानी शरणार्थी शिविरमा बस्ने ३५ वर्षिय पूर्णबहादुर राई र निजको श्रीमती २२ वर्षिया अन्जली गुरुङ्ग छिन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेलडाँगीबाट विशेष सुचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । |