सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा गन्धकसहित पक्राउ |
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका २५ स्थित रेलगेटबाट जेठ २६ गते सशस्त्र प्रहरीले बिस्फोटक पदार्थमा प्रयोग हुने करीव १० के.जी. गन्धकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बिरगंज महानगरपालिका ९ बस्ने ३८ वर्षिय श्यामबाबु प्रसाद कलवार छन् । प्र ०२–०३–०९९ प ६८३७ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका कलवारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गन्धक फेला पारेको हो । त्यसवेला उक्त स्कुटर समेत बरामद गरिएको छ । |