सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चोरीपैठारीको लत्ताकपडासहित एपीएफ टोलीद्वारा तीन जना पक्राउ |
धनुषा, धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका २ स्थित सीमा ईलाकाबाट फागुन २३ गते एपीएफ टोलीले करीव दुई लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको जनकनन्दनी गाउँपालिका १ बस्ने १९ वषिय ललितकुमार साफी, २१ वर्षिय विकासकुमार महतो र सोही जिल्लाकै कमला नगरपालिका ८ बस्ने २३ वर्षिय कृष्ण यादव छन् । दुई वटा मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद लत्ताकपडा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ । |